• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पाल्पामा कारेना भाइरसका कारण कुखुराले बजार पाएन

पाल्पा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बजार बन्द हुदाँ पाल्पाली किसानका कुखुराले बजार पाउन सकेका छैनन । कुखुरालाई खुवाउने दानाको अभाव तथा उत्पादन भएका कुखुराले विक्री समेत हुन नसक्दा हजारौको संख्यामा कुखुरालाई खाल्टो खनेर गाडिएको छ ।

जिल्लाको रैनादेवि छहरा गाउँपालिकाकाको वडा नम्बर ३ को भुवनपोखरीका किसानहरुले व्यावसायीक रुपमा पालेका बोईलर कुखुराले बजार नपाएपछि ६ हजारबढी कुखुरा खाल्टोमा गाडिएको व्यावसायी धर्म पौेडेलले बताए । कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीयले समेत कुखुराको मासु खान छाडेपछि कुखुरा मार्न बाध्य भएको किसानहरूको भनाई छ । २८ दिन पुगेका कुखुरालाई दाना खुवाउन नसकेपछि कुखुरा मार्न बाध्य भएको किसानहरुको गुनासो गरेका छन ।  

देशभर भएको लकडाउनका कारण बुटवल पुगेर दाना ल्याउन नपाएसंगै किसानहरु मर्कामा परेका हुन् । २८ दिन देखि ४० दिनसम्म पालेर २ देखि ४ केजि सम्मका कुखुरालाई खाल्टोमा गाड्नुपर्दा १३ लाख बढीको नोक्सान भएको किसानहरुले बताएका छन् ।

यसअघि यहाँका कुखुराहरु जिल्लासंगै बुटवल, गुल्मी, पर्वत लगायतका जिल्लामा निर्यात हुदौ आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर