• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ट्रम्पद्वार २० खर्ब डलरको आर्थिक राहत प्याकेज घोषणा, सय दिनमा एक लाख भेन्टिलेटर बनाउने

एजेन्सी । कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २० खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।

कोरोनाबाट उत्पन्न आर्थिक संकट कम गर्न ल्याइएको विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

अमेरिकी इतिहासकै यो सर्वाधिक ठूलो राहत प्याकेज बताइएको छ । विधेयक अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए ।

यसैगरी, राष्ट्रपति ट्रम्पले सवारी साधान र त्यसका सामान उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिएको छ ।

कोरोनाका कारण संक्रमित भएकाहरुका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएका बेला ट्रम्पले यस्तो आदेश दिएका हुन् । उनले एक सय दिनमा एक लाख भेन्टिलेटर बनाउने बताएका छन् । 

अमेरिकामा पछिल्लो साता कोरोना भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यस्तै अमेरिकामा अचानक बेरोजगारीको संख्या पनि बढेको छ । 

३० लाख व्यक्तिले बेरोजगारीको सूचीमा आफुलाई दर्ता गराएका छन् । यो तथ्यांकले अमेरिकी अर्थव्यस्था गहिरो संकटमा गइरहेको देखाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर