• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 04:15 pm

कोरोना सङ्क्रमण नियन्त्रण र राहतका लागि पूर्वी चितवनमा ८० लाखको कोष

चितवन । पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन् । चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन् । 

बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगरप्रमुख लालमणि चौधरी, कालिका  नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्यसचिव रहेको एक समिति गठन गरेको हो । 
 सो समितिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, राहत वितरणलगायत अन्य व्यवस्थापनको काम गर्ने समितिका संयोजक वनले बताउनुभयो । सोही समितिमार्फत राहत वितरण तथा स्वास्थ्य सामग्री खरिदको काम एकद्धार प्रणालीबाट गरिनेछ ।

बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक सामग्री खरिद गरी सहयोग गर्ने समेत निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, वाग्मती भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल र कञ्चन खनाललाई सो समितिको सल्लाहकार राखिएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेस रत्ननगर सभापति रुपनराज घिमिरे, चार नगरका केही वडाध्यक्षको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार

कर्णाली संक्रमित थपिएसंगै चिकित्सकको चेतावनी, सरकारले ध्यान नदिए इटाली हुने खतरा

  • १३ जेठ, २०७७

सुर्खेत ।  कर्णाली  प्रदेशमा मंगलवार १२ जना कोरोना संक्रमित थपिए सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । पछिल्लो समयमा भारत बाट

कर्णालीमा कोरोना संक्रमितको सख्या २३ पुग्यो

  • १३ जेठ, २०७७

सुर्खेत । कर्णालीमा थप १२ जना  कोराना संक्रमित थपिए सँगै  संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट आएकाहरू मध्येबाट सोमबार गरिएको परीक्षणमा थप १२