कोरोना संक्रमण रोकथामको प्रयासमा विराटनगर  

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकहरुलाई जोगाउन पछिल्लो एक महिनादेखि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । भाइरस फैलिने क्रम चीनबाट अन्य मुलुक तर्फ सर्न थालेपछि रोकथामका लागि महानगरपालिकाले नेपाल भारत सीमा नाका रानी र विराटनगर विमानस्थलमा लामो समय हेल्थ क्याम्पहरु सञ्चालन गरेको थियो । 

त्यस अवधिमा भारतबाट ठूलो संख्यामा आएका मानिसहरुको फिवर स्क्रिनिङ गर्ने काम महानगरपालिकाले नै गरेको थियो । फागुन २७ गते स्थापना गरेको रानी हेल्थ डेक्सले लकडाउनको अवधिसम्म १ लाख ९ हजार ८ सय ३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । ति मध्ये दुई जना संस्कास्पद बिरामी भेटिएको थियो । यस्तै विराटनगर विमानस्थलमा सञ्चालित हेल्थ डेक्सले १२ हजार ३ सय २८ सर्वसाधारण र १ सय ७८ भिआइपी गरी १२ हजार ५ सय ६ यात्रुको परीक्षण गरेको थियो । त्यसपछि पनि विभिन्न स्थानमा संचालित हेल्थ डेक्स मार्फत महानगरले जम्मा १ लखा २८ हजथार १०१ जनाको स्वास्थ्य परीक्षण गरी संकास्पद बिरामीहरुको पहिचान गर्न ध्यान दिएको थियो । 

सरोकारवाला लगायत विभिन्न पक्षहरुसँग रोग संक्रमण हुन नदिने र भइहालेको खण्डामा संकास्पद बिरामी राख्ने क्वारेन्टाइन लगायत अन्य तयारीको काममा पनि ध्यान दिएको देखिएको छ । महानगरपालिकाले यस अवधिमा विराटनगर १९ स्थित वैजनाथपुर हेल्थ पोष्टमा २० वेडको क्वारेन्टाइन सञ्चालन गरिरहेको छ जहाँ १५ जना संकास्पद व्यक्तिहरुलाई राखिएको छ । आवश्यकता परेको बेला प्रयोग गर्न सकिने गरी विराटनगरका अतिथि सदन, माडवारी सेवा सदन, काली सेवा सदन, राम जानकी सेवा सदन, जैन भवन आदिमा गरी थप २ सय वेडको क्वारेन्टाइन सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा रखेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले हरेक वार्डमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर हरेक वार्डका टोलहरुमा पछिल्ला १५ दिनभित्र विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने कामलाई अघि बढाएको जनाएको छ । त्यसका लागि महागनरपालिकाका झण्डै ४ सय वटा टोल संगठनहरुलाई परिचालन गरेको स्वास्थ्य शाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरपालिकाले केही दिन भित्रै हरेक वडामा फिभर क्लिनिक संचालन गर्ने तयारी गरिरहेको पनि जनाएको छ । 

यसैबीच विराटनगर महानगरपालिकाले विपद् सहायता कोषको स्थापना गरेको छ । महानगरपालिकाले १ करोड रुपैंया कोषमा राखेको छ भने सहयोगका लागि महानगरले सबैलाई अपिल पनि गरेको छ । महानगरले शनिबार खुला ठाउँमा विपद् व्यवस्थापन समितिको बैठक बसेर आगामी दिनमा गर्ने कामहरुको विषयमा छलफ र परामर्श गरेको थियो । 

भाइरस संक्रमण रोकथामका लागि कोशी अस्पताल तथा अन्य सार्वजनिक स्थानमा निर्मलीकरणका लागि औषधि छर्ने, सूचना प्रशार गर्ने, माइकिङ गरेर सचेत बनाउने काम महानगरले गरेको छ । यस्तै सर्जिकल मास्क, स्यानिटाइजर, सर्जन किट, नन् कन्ट्याक्ट थर्मोमिटर, ग्लोभस्, एप्रोन आदि स्वास्थ्यकर्मीहरुलाई वितरण गरेको महानगरले जनाएको छ । महानगरले आफ्ना तीन जना डाक्टरहरुलाई फोकलपर्सनको रुपमा तयार पारेर उहाँहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर