• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 08:36 pm

स्पेनमा एकै दिनमा ८ सय ३८ व्यक्तिको मृत्यु

मेड्रिड । स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु, भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ हजार ५२८ जनाको मृत्युभएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । 

आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९२० जनाको मृत्यु भैसकेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चीनमा थप ५१ जना कोरोना सङ्क्रमित, १० दिनमा ६० लाखको स्वास्थ्य परीक्षण

  • १२ जेठ, २०७७

बेइजिङ । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको

दिल्लीमा गर्मी बढ्यो, ४५ डिग्री सेल्सीयस पुग्यो तापक्रम 

  • १२ जेठ, २०७७

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ ।  भारतको मौसम विज्ञान विभागले दिएको

जापानले राष्ट्रव्यापी आपतकाल हटायो

  • १२ जेठ, २०७७

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले राष्ट्रव्यापी आपतकाल हटाउने घोषणा गरेका छन् ।  सोमबार देशको नाममा सम्बोधन गर्दै आबेले देशका अधिकांश