• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पामा निजी औषधी पसल बन्द छन, मिसन र मेडिकल कलेजमा उपचार हुदैन

पाल्पा । सरकारले देशभरका सबै अस्पताललाई आकस्मिक सेवा बन्द नर्गन आग्रह गरेको भएपनि पाल्पाका निजी मेडिकल तथा शिक्षण अस्पतालले यसको पालना गरेका छैनन । विश्वभरी फैलिएको कोरोना भाईरसको त्रास त छदै छ । अन्य रोगका बिरामीले पनि स्वास्थ्य संस्थाबाट उपचार पाउन सकेका छैनन, ज्वरो आएका बिरामी त सिधै घर फर्किन बाध्य छन् ।
पाल्पा सदरमुकाम तानसेनमा जिल्ला अस्पताल संगै दुई ठूला अस्पताल रहेका छन । जिल्लाबासीसंगै छिमेकी जिल्लाका बिरामीको समेत भिड लाग्ने यी अस्पताल अहिले सुनसान छन । सरकारले देशभरका सबै अस्पतालमा आकस्मिक सेवा बन्द नगर्न तथा छुट्टै ज्वरो क्लिनिक संचालन गर्न भनेपनि पाल्पाका अधिकांश निजी मेडिकल र औषधी पसलहरु बन्द रहेका छन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत यसरी अटेरी गर्दा बिरामीले सास्ती खेप्नु परेको छ ।


बिरामीलाई सधै सास्ती

पाल्पा अस्पतालले आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गरेसंगै बिरामीहरु युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कजेल धाउन थालेका छन् । नियमित औषधि खाने तथा स्वास्थ्य बिमाका बिरामीलाई अस्पतालले यी दुई अस्पतालले सेवा नदिदा समस्या भएको छ  । सदरमुकामका अधिकांश औषधी पसलहरु बन्द भएपनि लुम्बिनी मेडिकल कलेजमा बिरामीलाई ज्वारो चेक गरेर घर फर्काएको बिरामीको गुनासो गरेका छन् । एक साता अघि भारतबाट नेपाल आएका बगनासकाली २ का एक बिरामीको दुवै अस्पतालले उपचार गर्न नमानेका बगनासकाली गाउापालिकाका स्वास्थ्य शाखा प्रमुख मनिराम अधिकारीले बताए । । भारतदेखि आएको बिरामीमा ज्वरो देखिएको भनेसंगै मिसन अस्पतालले उपचारका लागि ठाउँ छैन भनेको थियो भने लुम्बिनी मेडिकल कलेजले एम्बुलेनसै ज्वरो चेक गरेर घर फर्काएको अधिकारीले जानकारी दिए । उनलाई हाल भने उनकै घरमा ज्वरो चेक गर्दै गाउँपालिकाले निगरानीमा राखेको छ । 

औषधी पसल पनि बन्द नै छनः

 नेपाल औषधि व्यवसायी संघले औषधी पसलहरु बन्द गर्ने निर्णय गरेर अधिकांश औषधी पसल तथा मेडिकल हलहरु बन्द गर्ने निर्णय गर्यो । यसको लगतै जिल्ला प्रशासन कायालयले कुनैपनि मेडिकल बन्द नर्गन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । देश नै संकटको अवस्थामा रहेका बेला सबै मेडिकल तथा ओषधी पसलहरु खोलेर सहयोग गर्नका लागि औषधी व्यावसायीहरु तयार भएको अधिकारीले बताए । तर हालसम्म पनि जिल्लाका अधिंकाश निजी औषधी पसलहरु बन्द रहेका छन ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण विश्व नै संकटमा परेका बेला जिल्लाका चार ठूला अस्पतालसंगै ग्रामिण भेगमा संचालित ५० बढी औषधी पसलहरु मार्फत जनतालाई सेवा दिनुपर्ने जिल्लाबासीको माग रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर