फलोअप : कानुन उलंघनबारे बोले कानुनमन्त्री भण्डारी, फेरी बोले झुट !

सुर्खेत । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला कर्णाली प्रदेशका कानुनमन्त्रीले कानुनको उलंघन गरेको खबरले कर्णाली प्रदेशमा एक प्रकारको तरङ्ग सिर्जना गर्यो । मन्त्रीले कानुनको उलंघन त गरे नै, उता समाचार सम्प्रेषणका लागि पुगेका समाचार दैनिकर्मी विवशकुमार सेजुवालले धम्की पनि खेपे । 

विषय थियो, सुर्खेतबाट तीन वटा बसलाई मन्त्रालयबाट पास दिएर चल्न दिएको र सो बसमा सुर्खेतबाट झण्डै दुई सयको हाराहारीमा मानिसहरु बाहीर पठाएको खबर । जहाँ कर्णाली प्रदेशका समाचार प्रतिनिधि विवशकुमार सेजुवालले आफूलाई भिडियो खिच्न जाँदा धम्क्याएको आरोप लगाएका छन् । 

प्रदेश सरकारका कानुनमन्त्री नरेश भण्डारीको नाम लिँदै ‘आफूहरु नरेश भण्डारीको मान्छे हुँ’ भन्दै उनीहरुले आफूलाई धम्क्याएको उनको आरोप छ । सुर्खेतबाट हिँडेको उक्त बस दैलेखबाट फिर्ता पठाएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कडेँलले समाचार दैनिकलाई बताए । 

सुर्खेतबाट जुम्ला जानको लागि गएका कुनै पनि गाडिहरुको आधिकारिक पास नभएकोले आफूले फिर्ता पठाएको दैलेखका प्रमुख जिल्ला अधिकारी कट्टेलले समचारदैनिक लाई जानकारी दिए । 

‘कुन ठाउँ जाने, कुन स्थानिय तहमा जाने कति जना जाने , कति वटा गाडि हो, गाडि नम्वर कति हो,  त्यो कुनै पनि आधिकारिक रुपमा उल्लेख नभएकोले सरकारले लकडाउन गरेको अवस्थामा यसरी भिडभाड गरेर पठाएकोले मैले दैलेख बाट माथि जान नदिएको हो,’ ‘प्रमुख जिल्ला अधिकारी कट्टेलले भने ।

उनका अनुसार दैलेखको डुगेश्वर बाट २ वटा गाडि र गुराँसेबाट ४ गाडि फिर्ता पठाउने तयारीमा आफू रहेको पनि उनले बताए । यस्तो अबस्थामा यसरी ‘मन्त्रीको मान्छे हो मन्त्री ज्यूले भन्नुभएको छ’ भन्दै धेरै आउने गरेको पनि उनले बताए । 

यी दुई समाचारहरु प्रकाशन भइसकेपछि आरोप खेपेका प्रदेशका मन्त्री भण्डारीले अमुक संचारमाध्यममा पास नलिएर नियम विपरित मानिस ओसारिएको भन्दै प्रकाशन भएका समाचारहरु गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूले नागरिकको उद्दार गरिरहेको बताएका छन् । 

उनले भनेका छन्,‘लक डाउनको आकस्मिक घोषणाले छाकको जाँतोमा पिसिएका मजदुर, किसान, अध्ययन र उपचारका शिलशिलामा घर छाडेका विद्यार्थी र बिरामीहरु पकेट रित्तिएर बेखर्ची भएका छन् । उनीहरु विदेशबाट आएका थिएनन । स्वास्थ्य परीक्षण गरेर पठाइएको छ ।’

हेर्नुस दुई समाचार:

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

फलोअप : कानून उलंघन गरेर कानून मन्त्रालयले जुम्ला पठाएका बस दैलेखबाट फिर्ता

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सरकारले लकडाउन घोषणा गरेका बेला हुल बाँधेर गाडी पठाएको बारे आफूलाई कुनैपनि जानकारी नभएको बताए ।

उनले हिजो समाचार दैनिकमा समाचार आइसकेपछि आफूलाई जानकारी भएको भन्दै नेपाल प्रहरीले नसक्ने भएकोले थप सशस्त्र प्रहरी परिचालन बताएका थिए । सबै गाडीहरुमा २३० जना यात्रु अहिले देलेखमा रहेको पनि दैलेखका प्रमुख जिल्ला अधिकारीले बताए । 

कुनै पनि नागरिक विदेशबाट नआएको मन्त्री भण्डारीले बताएका छन् । तर, समाचार दैनिककर्मी सेजुवाल भने सुर्खेतमा कुनै पनि नागरिककाे घरमा गएर स्वास्थ्य परीक्षण अहिलेसम्म प्रदेश सरकारले नगरेको बताउँछन् । सेजुवालका अनुसार प्रदेश मन्त्रालयले अहिलेसम्म कुनै पनि सुर्खेतबासीकाे स्वास्थ्य परीक्षण गरिएकाे छैन् । 

त्यस्तै, मन्त्री भण्डारीले दैलेख प्रजिअ कँडेलले बोलेको विषयलाई पनि मानेका छैनन् । प्रजिअलाई अमुक समाचारमा कोड गरिएको उनले स्टाटसमार्फत आरोप लगाएका छन् । दैलेखबाट फर्काएको पुष्टि गरेका प्रजिअको भनाईलाई मन्त्री भण्डारीले काटेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्,‘दैलेख प्रजिअलाई कोड गर्दै गाडी फर्काइएको सूचना पुनः प्रसारण गरियो जुन विल्कुल गलत छ । अलपत्रमा परेका नागरिकहरु गन्तव्यमा पुगिसकेका छन् ।’

सोही विषयमा सेजुवाल भने आफूसँग प्रजिअले सोही जानकारी दिएको कल रेकर्ड रहेको जिकिर गरेका छन् ।

हेर्नुस् मन्त्री भण्डारीको स्पष्टिकरण :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर