• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फलोअप : कानून उलंघन गरेर कानून मन्त्रालयले जुम्ला पठाएका बस दैलेखबाट फिर्ता 

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले  मन्त्रालयबाट पास दिएर आइतवार राति सुर्खेतबाट जुम्ला पठाएका गाडिहरु दैलेखको दुई ठाउँ बाट दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कडेँलले फिर्ता पठाएका छन् । 

सुर्खेतबाट जुम्ला जानको लागि गएका कुनै पनि गाडिहरुको आधिकारिक पास नभएकोले आफुले फिर्ता पठाएको दैलेखका प्रमुख जिल्ला अधिकारी कट्टेलले समचारदैनिक लाई जानकारी दिए । 

‘कुन ठाउँ जाने, कुन स्थानिय तहमा जाने कति जना जाने , कति वटा गाडि हो, गाडि नम्वर कति हो,  त्यो कुनै पनि आधिकारिक रुपमा उल्लेख नभएकोले सरकारले लकडाउन गरेको अबस्थामा यसरी भिडभाड गरेर पठाएकोले मैले दैलेख बाट माथि जान नदिएको हो,।’ ‘प्रमुख जिल्ला अधिकारी कट्टेलले भने ।’

उनका अनुसार दैलेखको डुगेश्वर बाट २ वटा गाडि र गुरासेबाट ४ गाडि फिर्ता पठाउने तयारीमा आफु रहेको पनि उनले बताए । यस्तो अबस्थामा यसरी मन्त्रीको मान्छे हो मन्त्री ज्यूले भन्नुभएको छ भन्दै धेरै आउने गरेको पनि उनले बताए । 

मन्त्रीको नाम लिएर जुम्ला जानको लागि मानिसहरु आइरहेका छन् यस्तो गर्नु भएन भनेर मन्त्री भण्डारीलाई आफुले फोन गरेर जानकारी गराइसकेको उनले बताए । 

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सरकारले लकडाउन घोषणा गरेका बेला हुल बाँधेर गाडी पठाएको बारे आफुलाई कुनै पनि  जानकारी नभएको बताए । उनले हिजो समचार दैनिकमा समाचार आइसके पछि आफुलाई जानकारी भएको भन्दै उनले आज नेपाल प्रहरीले नसक्ने भएकोले थप शसत्र प्रहरी परिचालन गर्ने उनले बताए । 

सबै गाडिहरुमा २३० जना यात्रु अहिले देलेखमा रहेको पनि दैलेखका प्रमुख जिल्ला अधिकारीले बताए । 

समाचार दैनिकले हिजो कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।  

यो पनि:कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर