टाइगर श्राफको बहिनी कृष्णाले प्रेमीसँगको सबै तस्बिर किन गरिन् ‘डिलिट’ ?
एजेन्सी । बलिउड सेलिब्रेटीहरु जति चर्चामा आएका हुन्छन् त्यो भन्दा धेरै उनीहरुको भाई बहिनी चर्चामा आउँछन् । यस्तै केही समय अगाडीदेखि अभिनेता टाइगर श्राफको बहिनी कृष्णा श्राफ चर्चामा आएकी छन् । उनी चर्चामा आउनुको कारण उनले सामाजिक सञ्जालमा पोस्ट गरेका बोल्ड तस्बिर मात्र होइन् उनको प्रेम सम्बनध पनि हो ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहने कृष्णाले बोल्ड तस्बिर मात्र होइन् आफ्नो प्रेमी एबन ह्यामसको साथमा पनि तस्बिरहरु सार्वजनिक गर्दै आएकी छन् । उनको ती तस्बिरमा दाई टाइगर श्राफले पनि प्रतिक्रिया दिइरहेका हुन्छन् । तर भारतीय मिडियाले जनाए अनुसार कृष्णाले यतिबेला प्रेमिको साथमा सेयर गरेको हरेक तस्बिर ‘डिलिट’ गरेकी छन् ।
उनले सामाजिक सञ्जालबाट तस्बिर ‘डिलिट’ गरेसँगै एबनसँग ब्रेकअप भएको खबर सार्वजनिक भएके छ । तर कृष्णाले ती तस्बिरहरु किन ‘डिलिट’ गरेकी हुन् यो विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन । खासमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कृष्णा र एबनका तस्बिहरु केही दिन अगाडीसम्म सामाजिक सञ्जालमा भाइरल भइरहेका थिए ।
प्रतिकृया दिनुहोस