फलोअप : लकडाउनको मौका छोपेर डडेल्धुरा अस्पताल ‘कमिशन’ चक्करमा
कैलाली । नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथामको चुनौति खेपिरहेको सुदुरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा अस्पतालमा उपकरण खरिद शुरु प्रक्रियामै ‘अनियमितता’ गरेको छ
लकडाउनकै समयमा अस्पताल प्रशासनले अन्य सप्लायर्सले प्रतिस्पर्धा गर्न नसक्ने गरी मापदण्ड बनाएर अनियमितताको शुरुवात गरेको छ । वाह्य विज्ञले गरेको स्पेशिफिकेशनलाई हटाएर अस्पतालले अनियमितताको शुरु गरेको हो ।
बोलपत्रको सूचना जारीपछि अन्य सप्लार्यस कम्पनीहरुका प्रतिनिधिहरुले बोलपत्र प्रस्ताव गर्नेबेला स्वास्थ्य उपकरण एउटै कम्पनीसँग मात्र मिल्नेगरी स्पेशिफिकेशन बनाइएको पाएपछि बताएका छन् । अस्पतालले निर्धारण गरेको मापदण्ड पुरा गर्न केही समय लाग्ने र लकडाउनका कारण निवेदनको समयवधी बढाउन आग्रह गर्दा अस्पताल प्रशासनले नमानेको गुनासो उनीहरुको छ ।
याे पनि :
डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता
डडेल्धुरा अस्पतालले यस बर्ष भेन्टिलेटर, एनेस्थेसिया मेशिन, ल्याप्रोस्कोपी मेशिन, प्रोटेबल अल्ट्रासाउण्ड मेशिन , ईन्डोग्राफिक मेशिन, सीटी स्क्यान मेशिन खरिदका लागि टेण्डर आह्वान गरेको छ ।
‘अस्पतालले बोलपत्रमा राखेका मापदण्ड पुरा गर्न केही समय लाग्छ । लकडाउनका कारण स्वतन्त्र रुपले आवत जावत गर्न अप्ठ्यारो छ । प्रस्तावको म्याद गर्नुस् भनेर नि. मेसु जगदिश विष्टलाई आग्रह गर्यौं । उहाँले मान्नु भएन’, एक सप्लायर्स कम्पनीका प्रतिनिधिले समाचार दैनिकसँग भने– ‘आफूले चाहेका सप्लायर्स कम्पनीसँग मिल्ने मात्रै मापदण्ड छ । उहाँहरु मान्नुहुन्न । यसको नियत सहजै बुझ्न सकिन्छ ।’
याे पनि :
[फलोअप] डडेल्धुरा अस्पतालको सि.टी.स्क्यान खरीदमा अनियमितता : शंकास्पद भूमिकामा अस्पताल प्रशासन
अस्पतालका नि. मेसु बिष्टले खरिद प्रक्रिया कानुन बमोजि प्रक्रियाबाट अगाडी बढिरहेको बताए । उनले लकडाउनकै कारण बोलपत्रको प्रस्ताव आगामी नै भईरहेको र देश नै लकडाउन भएको बेला ५ वैशाख ०७७ सम्म म्याद थप गरिएको बताए ।
सुदुरपश्चिम प्रदेशको संघीय मन्त्रालय अन्र्तगत रहेको एक मात्र डडेल्धुरा अस्पताल प्रशासन भने स्वास्थ्य उपकरण खरिद प्रक्रियामा देखिएको अनियमितता हुनु जनताको स्वास्थ्यमाथि खलवाड भएको गुनासो सरोकारवालाहरुले गरेका छन् ।
सीटी स्क्यान मेसिन-CT scan 16 slice) प्रयोगशालाका मेसिन (laboratorymachine) ल्याप्रोस्कोप (laproscopy) एनेस्थेसिया र भेन्टिलेटर (anesthesia and ventilator)ख गरी झन्डै ७ करोडका उपकरण खरीद गर्न एउटा कम्पनीलाई मात्र मिल्ने गरी स्पेशिफिकेशन बनाईएको पाईएको छ ।
अस्पतालले माग गरेका मेशिन सम्बन्धमा अन्य सप्लायर्स कम्पनीहरुसँग बुझ्दा सबै एउटै कम्पनीको उत्पादन भएको पाइएको छ । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईटमा बोलपत्रमा उल्लेख गरिएका मेशिनको स्पेशिफिकेशन अरु कम्पनीसँग मेल खाँदैन । एउटै कम्पनीको उत्पादन र यहाँ डिलर पनि एउटै सप्लायर्स कम्पनीको मात्रै पहुँच पुग्ने देखिन्छ’, अर्का सप्लार्य कम्पनीका एक बजार प्रतिनिधिले भने ।
अस्पतालले गरेका स्पेशिफिकेशन मेशिनहरुः
१. सीटी स्क्यान मेसिन नेपालमा canon hitachi,Phillips ,neosoftsiemens र GE sfdistributor रहेता पनि Phillips को acess CT 16 सँग मात्र मेल खाने गरी बनाईयो । (पहिले बाह्य परामर्शदाता कम्पनिले सबै कम्पनीसँग मिल्ने गरी बनाइएको थियो । तर, बिचमै ईञ्जिनियर हरेन्द्र चटौतलाई नियुक्त गरी फिलिप्स कम्पनीलाई मात्र मिल्ने गरी संसोधन गरिएको हो ।)
२. बिद lab equipment dfblood component separator र automatic blood culture machine गरी २ वटा मेशिन खरिद गर्न लागिएको छ ।
BD Roch लगायत ब्रान्डेड कम्पनीको सट्टा mindray को TDR मोडेलसँग मात्र मिल्ने गरी मापदण्ड निर्धारण गरिएको छ ।
३. त्यसैगरी एनेस्थेसिया र भेन्टिलिेटर Hamilton mindray हुँदाहुँदै फिललिप्सको ventiatlt V680 model र anesthesia Drager कम्पनीसँग मात्रै मिल्ने गरी मापदण्ड बनाईएको छ ।
४. १ करोड रुपैयाँको लागतमा तयार गएिको ल्पाप्रोस्कोपी मेशिन (Lyproscopic machine Karlzstorz,Richardwolf) जस्ता कम्पनि नेपालमा हुँदाहुँदै Olympus को viseramodel सँगमात्र मिल्ने गरी मापदण्ड बनाईको छ । डडेल्धुरा अस्पताल प्रशासन, काठमाडौं र धनगढीकै सप्लायर्ससँग बायोमेडिकल ईञ्जिनियर हरेन्द्र्र चटौतको मिलोमतोमा स्पेशिफिकेशन तयार गरिएको छ ।
उल्लेखित कम्पनीहरु हस्पिटेक ईन्टरपाईजेज काठमाडौं र धनगढीको डीबी मेडेशिन धनगढीले सप्लाई गर्ने उपकरण भएकाले निजहरुकै अस्पताल र ईञ्जिनियरसँग मिलोमतो भएको आरोप अन्य सप्लायर्स कम्पनीको छ ।
चटौतसँग यी बिषयमा जिज्ञासा राख्दा अस्पतालको माग बमोजिम स्पेशिफिकेशन तयार गरेको बताए । ‘अस्पतालले मलाई जसरी बनाउनु भन्यो सोही मापदण्डमा रहेर तयार गरिएको । अनियमितता के भन्ने विषय मसँग सरोकार भएन’, चटौतले भने ।
प्रतिकृया दिनुहोस