• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता 

अस्पताल प्रशासन, बायोमेडीकल इञ्जिनियर र सप्लायर्सको मिलोमतो

कैलाली । डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने ‘सीटी स्क्यान’ खरिद प्रक्रियालाई परामर्शदाताद्वारा निर्देशित मापदण्ड विपरित गई मेशिन किन्ने तयारी गरिएको छ ।

संघीय सरकारबाट प्राप्त बजेटबाट खरिद गर्न लागिएको सीटी स्क्यान मेशिनका लागि गत मा २९ मा बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र आव्हानसँगै मेशिनको मापदण्ड तय गरी सुझाव दिन बाह्य परामर्शदाता नियुक्त गरिएको थियो ।

परामर्शदाताले मेशिन खरिदका लागि अस्पताललाई निर्देशित गुणस्तर मापदन्ड (स्पिेसिफिकेशन) बनाएर दिएको थियो । मेशिनको गुणस्तरमा मापदण्ड पुग्ने जुनसुकै कम्पनीले बोलपत्रका निम्ति ई–विडिङ्ग गर्न मिल्नेगरी बनाइएको थियो । 

अस्पताल प्रशासनले जब आफ्नो अनुकुल खरिद प्रक्रिया अघि बढ्न नसक्ने देखेपति बाह्य परामर्शदाता नियुक्तिको सम्झौता बिचमै रद्द गर्यो । बाह्य परामर्शदातासँग सम्झौता रद्दपछि अस्पताल प्रशासनले आफू अनुकुल निर्देशितको आधारमा तोकिएको कम्पनीबाट मेशिन खरिद गर्नुपर्ने गरी ईञ्जिनियर हेरेन्द्र चटौतलाई नियुक्त गर्यो ।

‘अनियमित’ता गर्ने मनसायले इञ्जिनियर चटौतलाई नियुक्ति गरी प्रक्रिया अघि बढाएको अस्पताल स्रोतले समाचार दैनिकलाई बतायो । इञ्जिनियर चटौत सुदुरपश्चिम प्रदेश अन्र्तगतका सबै निकायका खरिद प्रक्रियामा सहभागी हुँदै कागजपत्र मिलाउँदै आएका छन् । 

बाह्य परामर्शदातासँगको सम्झौता रद्द गर्नुको रहस्य रोचक देखिन्छ । अस्पताल प्रशासन र ई–बिडिङ गरेका ३ वटा सप्लायर्सहरुबीच चैत ३ मा बैठक बस्यो । उक्त बैठकमा भाषागत निर्देशित मापदण्ड बारे भाषागत त्रुटिबाहेक कुनै संशोधन आवश्यक छैन भनेर छलफल भएको स्रोतले बतायो । 

त्यसमध्ये हस्पिटेक इन्टरप्राईजेजले प्राबिधिक कुरा संसोधन गर्न माग गरेको थियो । संशोधन हुँदा हस्पिटेकले सप्लाई गर्ने फिलिप्स कम्पनीको सीटी स्क्यान मेशीनसँग मात्र मिल्नेगरी संसोधन गरियो । 

हस्पिटेक इन्टरप्राईजेजको माग बमोजिम ईञ्जिनियर चटौतले मेशिन मापदण्ड (स्पेसिफिकेशन)लाई संशोधन गरिदिएका छन् । ‘बाह्य परामर्शदाता कम्पनीले संसोधन प्रस्ताव अस्वीकार गरेपछि अस्पतालले स्वास्थ्य सेवा बिभागबाट खटाईएका ईञ्जिनियर हरेन्द्र  चटौतको सहयोगमा स्पेसिफिकेशन संसोधन गरीएको छ । यो संशोधन प्रक्रियाबाटै थाहा हुन्छ किन यसरी गरियो भन्ने कुरा’, स्रोतले भन्यो । 

वाह्य परामर्शदाताको ‘स्पेशिफिकेशन’मा गरिएको संसोधनका बुँदाः 
१. भोल्टेज सेलेक्सन (voltage selection )लाई 70-140 kv बनाईएको छ । पहिले यो 80-140 बनाउँदा नेपालमा फिलिप्स कम्पनिको समानहरु बिक्री वितरण गर्दे  आइरहेको हस्पिटेक ईन्टरप्राईजेज, जुन अहिले विवादमा आएको ओम्नि समूहसँग सम्बन्धित छ । 

२. ईमेज रिकन्स्ट्रक्सन (image reconstruction )मा पनि बाह्य परामर्शदाताले तयार गरेको स्पेसिफिकेशनमा 512*512 भएकोमा त्यसको सट्टामा 1024*1024 बनाईएको छ । अरु सप्लायर्ससँग मिल्ने गरी बनाईएको स्पेसिफिकेशन जुन अहिले फिलिप्स कम्पनिबाहेक अरुसँग नमिल्ने गरी बनाईएको छ ।

अघिल्लो परामर्शदातासँगको सम्झौता रद्द र पछिल्लो संशोधन बारे जिज्ञासामा अस्पताल प्रशासनले अमुर्त जवाफ दियो ।

अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले भने– ‘सार्वजनिक खरिद ऐन अनुसार नै प्रि–बिड बैठकबाट नै संसोधन भएको हो । एउटै कम्पनीलाई मात्र पर्ने किसिमको छैन ।’

स्वास्थ्य सेवा विभाग, प्रदेश आपूर्ती व्यबस्थापन केन्द्रका इञ्जिनियर हरेन्द्र चटौत बिभिन्न अस्पतालका खरिदमा एउटै सप्लायर्सलाई मात्रै पर्नेगरी स्पेशिफिकेशन तयार गर्ने गरेको र प्रतिस्र्धामा आउने कम्पनिलाई प्रतिस्पर्धामा आउन नदिने संकास्पद भुमिकामा रहेको स्रोतले दाबि गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर