काठमाडौँ महानगरपालिका ५ का ३९ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ का ३९ जनाको र्यापिड टेस्ट नेगेटिभ आएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित गरेसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्यापिड टेस्ट गरेको जानकारी दिए ।
वडा नम्बर–५ का अध्यक्ष रमेश ढंगोलले पनि संक्रमितहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको जानकारी दिए । ‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो ।
हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैकोर्यापिड टेस्ट गर्यौँ । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी दिए
प्रतिकृया दिनुहोस