• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

फलोअप : महाकाली अस्पतालमा भेन्टिलेटर खरिद, अख्तियारद्वारा कागजात नियन्त्रण 

धनगढी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महाकाली अस्पतालले गत चैत्रमा खरिद गरको भेन्टिलेटर सहितका उपकरणमा बदमासी भएपछि अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएको छ । 

समाचार दैनिक लगायत विभिन्न अनलाइनमा भेन्टिलेटर खरिद प्रकृयामा घोटाला भएको समाचार प्रकासित भएपछि अख्तियारको टोलीले बिहीबार अस्पताल प्रशासनबाट कागजात नियन्त्रमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टले भेन्टिलेटर खरिद प्रकृयाका सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको बताए । ‘अस्पतालको भेन्टिलेटर खरिद प्रकृयामा अनियमितता भएको समाचार बाहिरिएपछि अख्तियारको टोलीले पनि चासो दिएको छ, ‘उनले भने, ‘अहिले हामीले कागजात नियन्त्रणमा लिएका छौँ, भेन्टिलेटर खरिदबारे अनुसन्धान गछौँ ।’

याे पनि :

स्वास्थ्य उपकरण खरिदमा बेथिति : महाकाली अस्पतालमा खिया लागेका भेन्टिलेटर पुर्याइयो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर