• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

स्वास्थ्य उपकरण खरिदमा बेथिति : महाकाली अस्पतालमा खिया लागेका भेन्टिलेटर पुर्याइयो

धनगढी । सुदुरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयले महाकाली अस्पतालका लागि खरिद गरिएका भेन्टिलेटरसहितका उपकरण पुराना रहेका छन् । सप्लायर्स कम्पनीले भ्याटबिनाको बिलसहित ती पुराना, थोत्रा उपकरणहरु अस्पताललाई बुझाएको छ ।

मन्त्रालयले कोरोना भाइरस (कोडिभ–१९) रोकथामका लागि मन्त्रालयले महाकाली अस्पतालको आईसीयु संचालनका लागि भेल्टिलेटरसहितका पाँच उपकरण खरिदका लागि चैत ११ मा एक करोड बजेट दिएको थियो ।

अस्पतालले ५५ लाख रुपैयाँ अनुमानित बजेटमा भेन्टिलेटर सहितका उपकरण खरिदका लागि सात दिने सूचना जारी गरेको थियो । उपकरण सप्लार्यसका लागि आर।जी सप्लायर्स प्रा.लि. काठमाडौंले टेण्डर पारेको थियो । 

आर.जीले अस्पतालको नुमानित बजेटभन्दा कम मूल्य ५३ लाख ८७ हजार रुपैयाँमा पाँच उपकरण खरिद गरी अस्पताललाई बुझाएको छ । तर, उक्त खरिद बिलमा भ्याट जोडिएको छैन । 

याे पनि :

डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता

अनुमानित बजेटभन्दा एक लाख ३० हजार रुपैयाँ कम मूल्यमै समान सप्लायर्सका लागि ठेक्का सदर गरिएको छ । भेन्टिलेटर २६ लाख, ३९ हजार, पेसेन्ट मोनिटर दुई थान ८ लाख ७८ हजार, ग्याँस एनालाईजर ११ लाख, ९० हजार र व्रिलेटर ६ लाख ८० हजार रुपैयाँमा समान खरिद गरेर अस्पतालमा पुर्याईको छ । 

खरिद गरिएका उपकरणहरु सन् २०१५ मेडेलका पुराना, प्रयोग भएका, खिईएका उपकरण दिएको छ । आरजीकै ठेक्का सदर भएकाले महाकाली अस्पताल प्रशासनले सप्लायर्सलाई चैत २८ मा तीन दिनभित्र सम्झौता गर्नका लागि पत्र पठाएको थियो । 

तर, कम्पनीले दुई दिनभित्र समान पठाए, तर सम्झौता गरेन । कम्पनीले सम्झौताबिनै प्रयोग गरिएका समान अस्पतालमा पु¥याएको भन्दै महाकाली अस्पतालले उक्त समान बुझ्न मानेको छैन । 

महाकाली अस्पतालका निमित्त मेडिकल मेसु डा। हरि कुमार श्रेष्ठले समान पुरानो, खिईएको भएकाले समान स्वीकार गर्न नसकिने बताए । ‘एउटा स्टेनमा पुरै खिईएको छ’, मेसु श्रेष्ठले भने– ‘यस्तो समान हामीले स्वीकार कसरी गर्ने रु’ पुराना समान भएकाले सप्लायर्सबाट बदमासी भएको उनले बताए । आएका समान जडान गरेर बिरामीको उपचार गर्न सकिने अवस्था नरहेको उनले बताए । 

याे पनि :

फलोअप : लकडाउनको मौका छोपेर डडेल्धुरा अस्पताल ‘कमिशन’ चक्करमा

‘यस्ता समान हामीले स्वीकार गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्नुछैन’, महाकाली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘यतीसम्म बदमासी गर्ने कम्पनीमाथी छानबिनका लागि माथिल्लो निकायमा पत्राचार गछौँ ।’ 

विज्ञहरुको छानबिन टोली बनाएरै भएपनि किन समान पुरानो दिएको विषयमा सत्यतथ्य पहिचान गरिने उनले बताए । ‘नयाँ समान काठमा शिलबन्दी भएर आउँछ’, उनले भने– ‘त्यो समान त पेटीमा राखेर ल्याएको छ ।’ अहिले कोरोनाबाट जोखिम मोलिरहेको मुलुकमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रयोग भएका समान दिएर जतताको स्वास्थ्यमा खेलवाड भएको उनले बताए ।

जोशीले सप्लार्यस कम्पनीलाई भुक्तानी दिन नसकिने बताए । ‘भुक्तानीको कुरो परको हो । यस्ता बदमासी गर्ने कम्पनीलाई कार्बाही गर्छौैं’, उनले भने ।  सप्लार्यसको जिम्मा पाएका प्रालिका संचालक ज्ञान शंकर देवले कोटेशनबाट कम्पनी छनौट भएपछि काठमाडौंको हस्पीटेकबाट समान खरिद गरेर अस्पतालमा पठाएएको बताए ।

‘मैले समान हेरेको छैन’, उनले भने– ‘२८ चैतमा काठमाडौंबाट समान किनेर अस्पताल पठाएको हुँ ।’ समान मन पर्छ कि पर्दैन भनेर सम्झौता समेत नगरेको उनले बताए । लकडाउनका कारण खरिद गरेको गोदाममा रहेको समान हेर्न नपाएको र सम्झौता गर्न समेत नभ्याएको उनले स्वीकारे । समान चित्त बुझेमात्रै सम्झौता गरिने जिकिर देवले गरे ।

यसअघि डडेल्धुरा अस्पतालको उपकरण खरिदमा पनि अनियमितताका लागि नियमावली मिचिएको छ । सुदुरपश्चिम प्रदेशका अस्पतालहरुमा सप्लायर्स र बायोमेडीकलको मिलोमतोमा यस्ता कार्यहरु हुँदै आएका छन् । उपकरण खरीदमा स्थानीय सप्लायर्स कम्पनीले काठमाडौंको हस्पिटेक ईन्टरप्राईजेजसँग मिल्ने गरी स्पेशिफिकेशन तयार गरी उक्त सप्लायर्सले फिलिप्स कम्पनीका उपकरण मात्रै खरिद गरिन्छ ।

पछिल्लो पटक पुराना उपकरणहरु सप्लाई गरिएको छ । सुदुरपश्चिमका अस्पतालहरुमा खरिद ऐन विपरित उपकरणहरु सप्लायर्स, मिलिभगतका आधारमा जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषयमा खेलवाड गरिएका विषयमा समाचार दैनिकले निरन्तर समाचारहरु प्रकाशन गर्दै आएको छ ।


खरिद सम्झौताबिनै ल्याईएको सेकेण्डहेण्ड उपकरण बारे छानबिन समिति गठन गरिने
त्यस्तै, महाकाली अस्पताल व्यवस्थापन समितिले सम्झौताविबनै अस्पतालमा ल्याईएका सेकेण्डहेण्ड उपकरण बरो छानबिन समिति गठन गर्ने भएको छ । समितिले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै खरिद सम्झौताबिनै ल्याईएका पुराना खिईएका उपकरणबारे छानबिन समिति गठन गर्ने जनाएको हो । 

अस्पतालको भेन्टिलेटर सहितका उपकरण खरिद प्रकृयामा हाल विभिन्न प्रश्न उब्जिरहेको अवस्थामा व्यवस्थापन समितिको पूर्ण बैठकबाट छानबिन समिति गठन गरि सम्पूर्ण खरिद प्रकृयाको सत्यतथ्य र वास्तविक छानबिन गरिने जनाउदै दोषि उपकरण कार्बाही गर्न कुनै कसर बाँकी नराख्ने समितिले प्रतिबद्धता जाहेर गरेको छ । टेण्डर स्कृति प्रकृयाको महाकाली अस्पताल खरिद ईकाइ तथा मुल्याङकन समितिको हुने भएको हुँदा टेण्डर स्वीकृति सम्बन्धी जाकारी व्यवस्थापन समितिलाई नभएको जनाईएको छ । 

खरिद सम्झौता बिना अस्पताल परिसरमा भेन्टिलेटर लगायतका उपकरण र समाग्री खरिद गरिएको कार्यले अस्पताल प्रशासनले व्यवस्थापन समितिसंग दुरी कायम गर्न खोजेको आभाष भएको समेत समितिले ठहर गरेको छ । 

व्यवस्थापन समितिलाई जानकारी नै नगराईकन सार्वजनिक खरिद ऐन, नियमावली विपरि खरिद सम्झौता बिना समाग्री भित्र्राउने कार्यप्रति समितिले आपत्ति प्रकट गरेको छ । 

विश्व नै कोराना भाईरसको महामारीको चपेटामा परेका बेला मानव स्वास्थ्यमा खेलवाड भएकाले लकडाउनको मौकाछोपी स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा हुने अनियति कार्य मान्य र सह्य नहुने समेत समितिले स्पष्ट पारेको छ । समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), सदस्य त्रय कृष्णानन्द भट्ट(किरण), कौशल्या ओझा र हरीराम चौधरीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा जनतताको स्वास्थ्यका सवैधानिक हक, अधिकारको सुनिश्चिता, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहका लागि व्यवस्थापन समिति प्रयासरत रहेको अवस्थामा अस्पतामा यष्स्ता कार्यले समिति विचलित नहुने, यस्तो कार्य गर्न र गराउने उपर नियमानुसार कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता जाहेर गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले महाकाली अस्पतालका लागि खरिद गरेको  भेन्टिलेटर सहितका उपकरणमा बदमासी भएपछि बुधबार समाजिक विकास मन्त्रालयका ईन्जिनियर हरेन्द्र चटौतले मेसिनको स्थलगत अनुगमन गरेर लिखित प्रतिवेदन दिने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर