• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 04:25 am

कोरोनाः सडकमा पाँच सयका नोट छरिएका थिए, तर कसैले छुने हिम्मत गरेनन्

एजेन्सी । कोभिड–१९ भाइरस संक्रमण हुने डरले मानिसको मनमा डेरा जमाएको छ । 

विभिन्न अवस्थामा कोरोना भाइरस सर्ने भएकाले विश्वभरका मानिस यसको अन्जानमै हुने संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाइरहेका छन् । 

नेपालको छिमेकी देश भारतमा दिनानुदिन कोभिड–१९ का संक्रमित बढिरहेको छ ।  यसैबीच, भाइरसका कारण मानिसमा उत्पन्न डरसँग जोडिएको एक रोचक खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको छ । 

राजधानी दिल्लीको लोरेन्स सडकमा भारतीय पाँच सयका थुप्रै नोटहरु यतिकै थिए, तर कसैले पनि ती नोटमा हात लगाउने बारे सोचेनन् । 

स्थानीय वासिन्दाहरुले नोटहरु देखे पनि कसैले कोरोना भाइरस फैलिने उद्देश्यले त्यहाँ फालेको हुनसक्ने उनीहरुले अनुमान लगाए । त्यसपछि, प्रहरी आएर नोटहरुलाई सेनिटाइज गरेर लग्यो । 

तर, उक्त रहस्य त्यतिबेला खुल्यो जब एक महिलाले प्रहरीलाई बोलाइन् । उनले प्रहरीसँग आफूले एटिएमबाट पैसा निकालेर ल्याएर सेनिटाइन गरी धोएर बालकुनीमा सुकाउँदा केही नोट हावाले उडाएर सडक किनारामा झरेको बताइन् । 

‘सडकमा छरिएको नोटहरुलाई कसैले उठाएनन् । राम राज्य आएको महशुस भयो,’ एक प्रहरी अधिकारीले एक भारतीय अखबारसँग भने । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सिंगापुरमा ‘जुम भिडियो कल’मार्फत् फाँसीको सजाय सुनाइयो

  • ७ जेठ, २०७७

एजेन्सी । सिंगापुरमा एक अदालतले ‘जुम भिडियो कल’ माध्यमको प्रयोग गरेर एक मलेसियाली नागरिलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  सिंगापुरमा भिडियो

भारतको पश्चिम बंगालमा १० घण्टामा सय करोड भारुको मदिरा बिक्रि

  • २४ बैशाख, २०७७

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा जम्मा १० घण्टामा एक सय करोड भातीय रुपैयाँ भन्दा बढीको मदिरा बिक्रि भएको छ । यसलाई भारतमा मदिरा बिक्रिमा नयाँ

भारतमा मदिरा पसल खुलेसँगै लाग्यो एक किलोमिटर लामो ग्राहकको लाइन !

  • २२ बैशाख, २०७७

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार मदिरा पसल खुलेसँगै पसलको अगाडी ग्राहकको लामो लाइन देखिएको छ ।  दिल्ली प्रदेश सरकारले यसअघि एक आदेश