कोरोनाः सडकमा पाँच सयका नोट छरिएका थिए, तर कसैले छुने हिम्मत गरेनन्
एजेन्सी । कोभिड–१९ भाइरस संक्रमण हुने डरले मानिसको मनमा डेरा जमाएको छ ।
विभिन्न अवस्थामा कोरोना भाइरस सर्ने भएकाले विश्वभरका मानिस यसको अन्जानमै हुने संक्रमणबाट बच्न विभिन्न सावधानी अपनाइरहेका छन् ।
नेपालको छिमेकी देश भारतमा दिनानुदिन कोभिड–१९ का संक्रमित बढिरहेको छ । यसैबीच, भाइरसका कारण मानिसमा उत्पन्न डरसँग जोडिएको एक रोचक खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको छ ।
राजधानी दिल्लीको लोरेन्स सडकमा भारतीय पाँच सयका थुप्रै नोटहरु यतिकै थिए, तर कसैले पनि ती नोटमा हात लगाउने बारे सोचेनन् ।
स्थानीय वासिन्दाहरुले नोटहरु देखे पनि कसैले कोरोना भाइरस फैलिने उद्देश्यले त्यहाँ फालेको हुनसक्ने उनीहरुले अनुमान लगाए । त्यसपछि, प्रहरी आएर नोटहरुलाई सेनिटाइज गरेर लग्यो ।
तर, उक्त रहस्य त्यतिबेला खुल्यो जब एक महिलाले प्रहरीलाई बोलाइन् । उनले प्रहरीसँग आफूले एटिएमबाट पैसा निकालेर ल्याएर सेनिटाइन गरी धोएर बालकुनीमा सुकाउँदा केही नोट हावाले उडाएर सडक किनारामा झरेको बताइन् ।
‘सडकमा छरिएको नोटहरुलाई कसैले उठाएनन् । राम राज्य आएको महशुस भयो,’ एक प्रहरी अधिकारीले एक भारतीय अखबारसँग भने ।
प्रतिकृया दिनुहोस