• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 05:35 am

बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरी क्वारेन्टाइनमा

बलेवा । पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुगेकी हुन् । 

उनीसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनका श्रीमान् पनि सँगै छन् । उनीहरुलाई ¥यापिड डायग्नोष्टिक टेष्ट  गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ । उनलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताए । 

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताए । क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उनको भनाइ छ ।  बागलुङमा  उनीजस्तै ५२  मजदूरको आइतबार उद्धार गरिएको थियो । उनीहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताए ।


पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताए । 

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियाँैं, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौंँ’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भने, ‘घरै गए खेती गरेर खाऔंँला ।’
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।