कैलालीकी महिलालाई पनि निको भयो कोरोना, १० जना निको भए

धनगढी । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको ६५ लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन् । अब धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या १० पुगेको छ । आज मात्रै काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई पनि कोरोना संक्रमण निको भएर घर फर्काइएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर