कोरोना नियन्त्रणबारे नागरिक सरोकार अभियानद्धारा सरकारी प्रतिनिधिहरुसंग छलफल

बुटवल । कोभिड १९ नागरिक सरोकार अभियानले सरकारी निकायका प्रतिनिधिहरुलाई भेटगरि संचालन भैरहेका कामका विषयमा जानकारी लिएको छ ।

रुपन्देहीका प्रम्ख जिल्ला अधिकारी महादेव पन्त, जिल्ला समन्वय समितिका सभापती एकराज विक तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हेम थापालाई भेट गरेर अवस्थाका विषयमा जानकारी लिएको हो । सम्वन्धीत कार्यलयहरुमै पुगेर गरिएको भेटघाट मा कोरोना भाईरस विरुद्ध अहिले भैरहेको लकडाउनको पालना, सिमा क्षेत्रमा गरिएको कडाई एवं नागरिकहरुको औषधी उपचार र राहतका विषयमा छलफल भएको थियो । 

अझै पनि सरकारी निकायहरुका विचमा समन्वयको अभावका कारण समस्याहरु देखिएको अभियानका संयोजक  एवं पुर्व सभासद विनोद पहाडीले बताए ।  उनले  कोरोना रोकथाम तथा नियन्त्रणका लागि अझै वढि संवेदनशिलता आवश्यक रहेको भन्दै  तयारीका विषयमा पनि सरोकारवाला निकाय संवेदशिल हुनु पर्ने बताए । 

छलफलका क्रममा प्रम्ख जिल्ला अधिकारी पन्तले नागरिक समाजसंग पनि सहकार्य गरेर अघि बढ्ने बताएका थिए । जिल्ला समन्वय समितिका सभापती विकले समाजमा देखिएका समस्याहरुको समाधान मिलेर गर्न सकिने बताए ।  प्रहरी प्रमुख थापाले लकडाउन पुर्णरुपमा पालना गर्नका लागि नागरिक अगुवाहरुले पनि भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।  छलफलमा सहभागि शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापती गोविन्द खनालले सरकारी नियकासंग समन्वय गरेर आफुहरु अघि वढ्ने र नागरिकहरुको अधिकारका विषयमा आवाज उठाउने बताए । 

त्यस्तै अभियानका सदस्य एवं  होटल तथा रेष्टुरेन्ट व्यवसायी सघका अध्यक्ष समुन्द्र जिसीले विपदका वेला निजि क्षेत्र पनि साथमा रहेको भन्दै समन्वयको अझै पनि अभावहरु देखिएको बताए । सो अवसरमा अभियानका सदस्य पदम वहादुर कार्की लकडाउनको पालना गर्न र नागरिकहरुको जिवन रक्षाका लागि स्वयमसेवी रुपमा आफुहरु काम गर्न तयार रहेको बताए । पत्रकार विक्रम खड्काले सरकारी निकायहरुले अहिले सम्म गरेका कामहरु ठिकै भएपनि आगामी दिनमा त्यसले मात्र नपुग्ने भन्दै कामको गति वढाउनु पर्ने सुझाव दिए । 

अभियानको टोलीले यस अघि कोरोना विशेष अस्पतालहरुको अवलोकन एवं स्वास्थ्यसंस्थामा ओपिडि संचालनका विषयमा ध्यानाकर्षण गराएको थियो ।  यस संस्थामा प्रदेशका १२ जिल्लावाट एक सय भन्दा पनि वढि सदस्यहरु अवद्ध रहेको र उनिहरुले पनि कोरोना विरुद्धको अभियानमा काम गरिरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर