• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 01:47 pm

आक्रमणको प्रयासका विषयमा भारतीय पक्षद्वारा माफी

भद्रपुर । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । 

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

“भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उनहरुले गल्ती स्वीकार्दै क्षमा मागे ।”

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आँखा फुटाइएको र कान काटिएको अवस्थामा महिलाको शव फेला

  • १२ असोज, २०७७

सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या

चितवनमा बाघको आक्रमणमा एक जनाको मृत्यु

  • १२ असोज, २०७७

चितवन । बाघको आक्रमणबाट चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन्। चितवन राष्ट्रिय

बागलुङमा पहिरोले ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा

  • १२ असोज, २०७७

बागलुङ। निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ। २१५ घर उच्च जोखिममा छन्। बागलुङ नगरपालिकामा ६५