पाल्पामा जंगली च्याउ खादाँ एकै परिवारका ७ जना बिरामी


पाल्पा । पाल्पामा जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी परेका छन् । जंगली च्याउ खाँदा जिल्लाको तिनाउँ गाउँपालिका ३ दोभानका एकै परिवारका ७ जना बिरामी परेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । बिरामी पर्नेमा तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका अमरदीप बीसी, उनकी श्रमती ३१ वर्षीय माया बीसी, ६० वषीया कृष्णा सुनार, ३४ वर्षीय निलमाया सुनार, २० वर्षीय दिलिप सुनार, १२ वर्षीय रेखा सुनार र १२ वर्षकै थमन सुनार  रहेका छन् । 

मंगलबार बेलुका घर नजिकैको जंगलबाट ल्याएको च्याउ खाएसंगै सबैजनामा लगातार झाडा वान्ता हुने रिंगटा लाग्ने जस्ता लक्ष्यण देखिएसंगै उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको वडा अध्यक्ष प्रेम पाण्डेयले बताए ।

उपचाररत मध्ये दुई जनाको अवस्थामा सुधार आएपनि अन्यमा भने पखला नरोकिएको हुदाँ अझै २४ घण्टासम्म अस्पतालमै राख्नुपर्ने  अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर