सीमा समस्या समाधानका लागि ऐक्यबद्ध बनौं : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन्।  सामाजिक सञ्जालमार्फत उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका हुन् । “लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको  किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उनले लेखेका छन् । 

मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ ।  उहाँले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका  नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरेका छन् ।  

उनले भनेका छन्, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ । ” 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर