नेपालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । धुलिखेल अस्पतालमा कोरोना भाइरस पोजेटिभ देखिएकी महिलाको मृत्यु भएको छ । शुक्रबार धुलिखेल अस्पताल आएकी उनको उपचारको तयारी गर्दागर्दै मृत्यु भएको हो ।
मृतक सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी महिला हुन् । मृत्युपश्चात उनको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनको आरडिटी पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि टेकु ल्याइएको हो ।
त्यहाँ गरिएको रिपोर्टमा पनि पोजटिभ आएको अस्पताल स्रोतले जनाएकोछ ।
एकसाता अघि उनी शिक्षण अस्पताल काठमाडौंमा सुत्केरी भएकी थिइन् । यसबारे आज हुने नियमित पत्रकार सम्मेलनमा जानकारी आउने बुझिएको छ ।










प्रतिकृया दिनुहोस