• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 03:15 pm

प्रदेश नं २ मा कोरोना सङ्क्रमित १३१

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।  समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् । 


यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

  • १६ जेठ, २०७७

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

  • १६ जेठ, २०७७

रोल्पा ।    रोल्पामा आज चट्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चट्याङबाट २ जनाको मृत्यु भएको

कर्णाली प्रदेशको निति तथा कार्यक्रम : रोजगारीदेखि स्वास्थ्यमा जोड 

  • १६ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।