• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

फेसबुक र मार्क जुकरबर्गप्रति ट्रम्पको सदासयता 

– अहिलेको वर्तमान प्रतिद्वन्द्वी भनेको ‘जुम’ हो, जसले भिडियो कलिङ मार्केटलाई अघि बढाउने उनको आशा छ ।
– ‘अहिलेसम्म म एक शान्तिप्रिय नेता थिए’, जुकरबर्गले भने– ‘यो परिवर्तन हुन गइरहेको छ ।’
– ट्रम्पले फेसबुकमाथि सार्वजनिक रुपले आलोचना गर्न छाडे, त्यसको एक महिनापछि दर्शकहरुसामु ट्रम्पले ‘विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालमा जुकरबर्ग नम्बर एक’ भन्दै बताउँन थाले ।

सान फ्रान्सिस्को । गत जनवरी २७ का दिन फेसबुकका शीर्ष अधिकारीहरुका साथ एक नियमित निर्धारित सोमबार बिहानको बैठक शुरु भयो । बैठकमा मार्क जुकरबर्गले एजेण्डालाई कोरोना भाइरसमा परिवर्तन गरे । हप्तौंसम्म उनले आफ्ना कर्मचारीहरुलाई उनी विश्व स्वास्थ्य हेरचाह विशेषज्ञहरुबाट कोरोना भाइरसले महामारीको रुप लिइरहेको सुनिरहेको बताए । अब सबैभन्दा खराब स्थितिको सामाना गर्नका लागि फेसबुकलाई तयार गर्नुपर्ने जुकरबर्गले बताए । जसमा गलत सूचनाहरु, कपटीहरु र ‘कन्सपाइरेसी थियरी’ (षड्यन्त्रकारी सिद्धान्त)को सामना गर्ने कम्पनीको क्षमता सहभागी थियो । जो यसअघि कहिल्यै परीक्षण गरिएको थिएन । 

सुरुवातका लागि जुकरबर्गले कम्पनीले केही यस्ता ‘टुल’ लिनुपर्छ जो २०२० अमेरिकी चुनावको खराब प्रवृत्तिसँग लड्नका लागि विकसित गरिएको थियो र तिनीहरुलाई संक्रामक रोगका लागि पुनःसंरचना गर्न प्रयास गर्नुपर्ने बताए । उनले हरेक विभागका अधिकारीहरुलाई साताको अन्त्यसम्ममा एक विश्वव्यापी महामारीलाई जवाफ दिने योजना विकसित गर्न भने । 

उक्त बैठकमा सहभागी दुई अधिकारीले कोभिड–१९ महाव्याधिका लागि तयार पार्न अन्य कम्पनीहरुभन्दा फेसबुकलाई अगाडी बढाउनमा मद्दत गरे, अन्य केही सरकारी संस्थाहरु । र यसले ३६ वर्षीय एक व्यक्तिले आफैंले स्थापना गरेको कम्पनीलाई कसरी चलाइरहेका छन् भन्ने एक परिवर्तनको उदाहरण दियो । 

जुन दिनदेखि उनले हरेक निलो–सेतो फेसबुकका पेजमा ‘एक मार्क जुकरबर्ग उत्पादन’ शब्दहरुलाई कोड गरे, त्यो सामाजिक सञ्जालको विलक्षण अनुहारको रुपमा रह्यो । तर केही हद्सम्म सिलिकन भ्यालीभन्दा बाहिर यसलाई सराहना गरिएन, जुकरबर्ग लामो समयदेखि एक प्रकारको ‘बाइनरी चिफ एक्जुकेटिभ’ हुन्, जो व्यापारको केही हिस्सामा असाधारण रुपले सहभागी छन् र उनी जहाँ कम लोकप्रिय छन् त्यहाँबाट हात झिक्छन् । 

सन् २०१६ नोभेम्बर ८ मा डोनाल्ड ट्रम्पको चुनावसँगै जुकरबर्गकको दुरु नेतृत्वको समाप्तिको सुरुवात भएको थियो । उक्त समयदेखि संकटको एक लगातार श्रृंखला, ‘एक सुन्दर पागल विचार’को रुपमा झुटो समाचारहरुलाई लिएर चिन्ताहरुले उनको आकस्मिक बर्खास्ती, रहस्यमयी मञ्चलाई राज्य प्रायोजित गुप्तचरका लागि एक खेलौनाको रुपमा प्रयोग गरियो । ‘द क्याम्ब्रिज एनालिटिक्स काण्ड’जस्ता घटनाहरुले जुकरबर्गलाई आफ्नो पकड बलियोन बनाउन झट्का दियो । 

उनका थुप्रै संघटन रणनीति देखिएको छः उनले इन्स्टाग्राम तथा व्हाट्एपका बाहिरी संस्थापकहरुलाई इमान्दारिताका साथ परिवर्तन गरे । र उनले फेसबुकको पहिलेदेखि नै अनुकुल बोर्डका नौमध्ये पाँच सदस्यलाई परिवर्तन गर्दै यसलाई अझ फरक बनाए । 

विज्ञापनदाताहरुलाई बेच्न विश्वको जनसंख्याको एक चौथाई ध्यानका साथ फेसबुक यति विशाल छ, जोसँग ओआरजी–चार्ट चालको विश्वव्यापी नीतिको मञ्चमा शक्तिशाली नयाँ पात्र बनाउने प्रभाव छ । जुकरबर्गले शत्रुतापूर्ण क्षेत्रमा जीत हासिल गर्नका लागि लेफ्टिनेन्टलाई माथि उठाए, जस्तो कि वासिङ्टनमा रिपब्लिकन ओपरेटिभ जोएल काप्लान र युरोजोनमा बेलायतका पूर्व उप–प्रधानमन्त्री सर निकालेस क्लेग । र उनको मुख्य परिचालन अधिकारी तथा प्रविधि क्षेत्रकी हाई–प्रोफाइल महिला शेरिल स्यान्डबर्गको प्रभावकारी साइडलाइनिङ । 

र, अब कोरोना भाइरसले मार्क जुकरबर्गलाई उनको आफ्नो बढ्दो जिम्मेवारीसँगै उनलाई एक नेताको रुपमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ, सन् २०१६ को पृथक दिनहरुबाट एक १८० डिग्रीमा परिवर्तन । यसले उनलाई ५० हजारबढी कर्मचारीलाई नेतृत्व गर्ने मौका दियो । उक्त समयलाई जफत गर्नाले जुकरबर्गलाई एक प्रसंगलाई प्रमाणित गर्न अनुमति मिल्नसक्छ जुन उनी वास्तवमै विश्वास गर्छन्ः यदि कोही विगतलाई आफ्नो क्षमताको विनाशको रुपमा हेर्छ भने फेसबुकेका लागि एक बल बन्न सक्छ । 

कम्पनीका प्रवक्ता डेभ अर्नोल्डले एक इमेल अन्तरवार्तामा भने, ‘मार्कले फेसबुकको नेतृत्वमा स्थापनाकालदेखि हालसम्म यसको अगुवाईमा सक्रिय भूमिका निभाएका छन् । हामीले मार्क, शोरिल र सम्पूर्ण नेतृत्व टोली जस्ता अगुवाई पाएर भाग्यमानी छौं । यसका लागि फेसबुक एक उत्कृष्ट कम्पनी हो ।’

कुनै घटनाबिना पुनःमर्मत हुँदैन । मे महिनाको सुरुवातमा ‘प्लान्डेमिक’को रुपमा चिनिने एक कन्सपाइरेसी भाइरल भिडियोलाई कसरी ह्यान्डल गर्ने भनी फेसबुकले निक्कै संघर्ष गर्यो, जुन फुटेज लाखौं प्रयोकर्ताको स्क्रिजनमा फैलियो । गत साता डेट्रोइज मेट्रो टाइम्सका संवाददाताहरुले ४ लाख सदस्य रहेको पेजहरुमा हिंसापूर्ण गतिविधिलाई लिएर अनविज्ञ रहेको देखाए । 

तर पनि जुकरबर्गका लागि २०२० मा राष्ट्रपति चुनाव र राजनीतिक भाषणमा अप्ठ्याराहरुको सामाना गर्नुभन्दा महामारीमा एक अधिक अनुकूल पृष्ठभूमि हुने सम्भावना छ । 

सिद्धान्तमा संकटले उसका केही शक्तिहरु । आफ्नो व्यक्तिगत परोपकार ‘चान जुकरबर्ग इनिटिएटिभ’को माध्यमबाट उनी लामो समयदेखि रागेको रोकथाम तथा उपचारमा रुचि राख्दै आएका छन् । कोभिड सीमाभन्दा बाहिर गएको छ, फेसबुक जस्तै र एक शानदार प्रतिक्रियाको आवश्यकता हुनेछ । 

फेसबुकबारे महामारीले खतरनाक रुप लिनसक्छ वा यसलाई बढाउन सक्छ । जब केन्द्र खाली एक राष्ट्रपतीय चुनाव मात्रै नभएर वैश्विक स्वास्थ्य हो भने कम्पनीले झुठा जानकारी फैलिनमा खेल्ने भूमिकाले उसको सबै पूर्ववर्ती नोक्सानलाई तुच्छ बनाउँने क्षमता राख्छ । यदि जुकरबर्ग आफ्नो कम्पनीमाथि पूर्ण नियन्त्रणमा छन् भने उनको प्रतिक्रियाको सफलता वा विफलता पूर्ण रुपले उनीमै निर्भर रहन्छ । 

‘मलाई लाग्छ यसले धेरै मानिसलाई पिशाब गर्न गइरहेको छ’, यसै वर्षको सुरुवातमा एक प्रविधि सम्मेलनका क्रममा एक साक्षत्कारमा आफ्नो नयाँ प्रबन्ध शैलीका बारेमा जानकारी दिँदै भने– ‘तर स्पष्ट रुपले पुराना दृष्टिकोणले धेरै मानिसलाई चिन्तित बनाइरहेको छ ।’
.......
‘अहिलेसम्म त म एक शान्तिकाल नेता हूँ’
सिलिकन भ्यालीमा एक विशेष प्रकारको कम्पनी संस्थापक छ, जसको शीर्ष सिईओ हो, तर उनी आफूलाई ‘उत्पादित मानिस’को रुपमा प्रस्तुत गर्छन् ।

एप्पलमा स्टिभ जब्स एक ‘प्रोडक्ट गाय’ थिए, जसले आफ्नो सिओओलाई आपूर्ति श्रृंखला छोड्दै गर्दा आइफोनको आविष्कार गरेका थिए । अमेजोनमा जेफ बेजोस प्रोडक्ट गाय हुन्, जो खुद्रा ग्राहकहरुको बारेमा सोंच्छन् जबकि उनी अन्य लाभदायक वेब–होस्टिङ्ग विभागहरु पनि चलाउँछन् । र फेसबुकमा एक दशकभन्दा लामो समयसम्म मार्क जुकरबर्ग एक प्रोडक्ट गाय थिए । 

व्यवहारमा यसको अर्थ जुकरबर्ग महत्वपूर्ण नयाँ उत्पादनको काम गर्छन् भन्ने हुन्छ । यसको अर्थ उनी ती क्षेत्रमा नेतृत्व गर्न सहज थिए जहाँ उनी कम उत्सुकताले हेरिन्छ, जसमा विज्ञापन मेसिन थियो जसले गत वर्ष ७० बिलियन डलर राजस्व उत्पादन गरयो । 

‘एम–टिम’को नामले चिनिने उनको विश्वासनीय आन्तरिक मण्डलीका सदस्यहरुलाई थाहा थियो कि उनीहरु कोही पनि उनलाई प्रमुख कार्यकारी अधिकारीको रुपमा जित्न सफल हुने सम्भावना थिएन, तर उनीहरु आफ्नो विभागभित्र शक्तिशाली तथा स्वायत्त रहन सक्थे । शीर्षमा स्यान्डबर्ग, जुकरबर्गका दोश्रो कमान्ड थिएन्, जसको क्षेत्रमा विज्ञापन, बजार, सञ्चार, विनिमयलगायत पर्थे ।

सन् २०१६ को चुनावले सम्झौता अब साध्य नरहेको जुकरबर्गलाई स्पष्ट पारिदिएको थियो । किनकि जुकरबर्ग र स्याडबर्ग अनुपस्थित र विचलित भएकोमा निन्दा गरिएको थियो । त्यसपछि जुकरबर्गले सन् २०१७ को केही समय अमेरिकाका एकपछि अर्को राज्यको भ्रमणमा खर्च गरे, तर यसलाई राम्ररी लिइएन्, उनी राष्ट्रपतिका लागि दौडिइरहेको अफवाह फैलियो । जुकरबर्गले वैश्विक महाशक्तिमाथि नियन्त्रण लिने संकल्प गरे जसमा उनी पहिले नै मतदानमाथि हावी थिए । 

सबैभन्दा पहिले उनले आफ्नो विफलताहरुका लागि आफ्नै एक शो बनाए । ‘हामीले पर्याप्त काम गरेको स्पष्ट छैन’, उनले सन् २०१८ मा एक कल कन्फ्रेन्समा संवाददातालाई भने, जसले कम्पनीको गलत कदमहरुलाई दर्शाउँछ । ‘हामीले दुरुपयोगलाई रोक्न र प्रयोगकर्ताहरु यी टुलहरुलाई नोक्सान पुर्याउन कसरी प्रयोग गर्न सक्छन् भन्ने सोच्नमा पर्याप्त ध्यान केन्द्रित गरेनौं । हामीले आफ्नो जिम्मेवारी के हो भन्नेबारेमा व्यापक रुपले विचार गरेनौं र त्यो सबैभन्दा ठूलो गल्ती थियो’, उनले थपे– ‘त्यो मेरो गल्ती थियो ।’

सन् २०१८ जुलाईमा जुकरबर्गले आफ्ना लेफ्टिनेन्टका साथ एक बैठक बोलाए । अगाडीका बैठकहरुमा उनी फेसबुक उत्पादनका लागि नयाँ पाठ्यकक्रम वा नयाँ प्रविधिमाथि चर्चा गर्ने गर्थे । तर यस पटक भने उनले आफ्ना अधिकारीहरुलाई उनको ध्यान आफूमाथि नै केन्द्रित गरेको बताए । बाहिरी मानिसको लगातार आक्रमणलाई लिएर जुकरबर्गले युद्ध समयका लागि आफूलाई बलियो बनाउने आवश्यक रहेको बताए । 

‘अहिलेसम्म म एक शान्तिप्रिय नेता थिए’, जुकरबर्गले भने– ‘यो परिवर्तन हुन गइरहेको छ ।’ उनले आफ्नो सहजता र दूरदर्शिताको आधारमा कम्पनीका लागि आफ्नै दममा अझ बढी निर्णयहरु लिने बताए । यस बैठकलाई लिएर ‘द वाल स्ट्रिट जर्नल’ले बताएअनुसार, युद्धका नेता निक्कै तेज र बढी निर्णायक रहेको र उनीहरुले अरुलाई आक्रोशित गर्ने डरले डराउन दिएनन् । 

मार्क जुकरबर्गले निर्देशन गरिरहेको फेसबुकको परिवारका सदस्य भनिने इन्स्टाग्राम, म्यासेन्जर, व्हाट्सएप र फेसबुक प्रोपर एप्समाथि अझ मिलेर काम गर्दैछन् । इन्स्टाग्रामले ‘फ्ल्यागसिप’ उत्पादनलाई ट्राफिक सेन्ड गर्न सुरु गरेको थियो, व्हाट्सएपले आफ्ना दिदीबहिनी सामाजिक सञ्जाल सेवाहरुसँग मिलेर एकीकरण गर्नु । जुकरबर्गको दृष्टिकोणलाई कार्यान्वयन गर्नुको साटो इन्स्टाग्रामका प्रमुख केभिन सिस्ट्रोम र माइक क्रिइगरले सन् २०१८ सेप्टेम्बरमा कम्पनी छोडिदिए । उनीहरु दुबैले मुआब्जाको रुपमा एक बिलियन डलरभन्दा बढी जमानत लिए । 

जुकरबर्ग ती बैठकहरुमा बढीभन्दा बढी प्रत्यक्ष रुपले सहभागी हुन सुरु गरे जसलाई पहिले स्यान्डबर्गले सञ्चालन गर्थिइन्, जसमा गलत समाचारहरुलाई समाप्त पार्नुदेखि फेसबुकमा राजनीति विज्ञापनहरुलाई कसरी सम्हाल्ने भन्नेबारे दार्शनिक चर्चासम्म हुन्थे । कर्मचारीहरुले मद्दत गर्न सकेनन्, तर प्रविधिको सबैभन्दा लोकप्रिय साझेदारहरुमध्ये एकमा शक्तिको सन्तुलनको परिवर्तनलाई संकेत गरे । 

भाषण दिनु र नीति–निर्माताहरुसँग खासखुस गर्नु स्यान्डबर्गको विशषेता थिए । जुकरबर्गले जर्जटाउन विश्वविद्यालयको हालोवेड ग्यास्टोन हलमा एक उच्च सार्वजनकि सम्बन्धोनका साथ ससुरुवात गरे, जहाँ एक शताब्दीभन्दा अघिका माननीय व्यक्तिहरुले भाषण गरेका थिए । 

युरोपमा सरकारी एजेन्सीहरुसँग फेसबुकको चिसो सम्बन्ध रहँदै आएको छ, जुकरबर्गले क्लेगलाई ‘ट्याप’ गरे, जो कम्पनीको राजनीतिक प्रमुखको रुपमामा एक नयाँ भूमिकामा आएका छन् । सार्वजनिक रुपले स्याडबर्गले भनेकी छिन् कि फेसबुकमा उनको भूमिका सबैभन्दा ठूलो र महत्वपूर्ण छ, उनी महामारीबाट आहत बनेको छोटो व्यावसायीहरुका लागि एक सय मिलियनको अनुदान कार्यक्रमको निर्देशन गरिरहेकी छिन् । 

क्लेग लगायत नयाँ कर्मचारीहरुले उनलाई रिपोर्ट गर्छन् र उनी जुकरबर्ग अझ बढी पारदर्शी होस् भन्ने चाहेको बताउँछन् । ‘मलाई लाग्छ हामीले आफ्नो छविको बारेमा चिन्ता गरेर धेरै समय बिताएनौं’, स्यान्डबर्गले गत फेब्रुअरीमा एनबिसी पोडकास्टसँगको एक अन्तरवार्तामा भनिन्– ‘मानिसहरु मेरो वा मार्कको बारेमा व्यक्तिगत रुपले के सोच्छन् भन्ने मुद्दा होइन । एक कम्पनीको रुपमा हामी कसरी काम गरिरहेका छौं भन्ने हो ।’

तर व्यक्तिगत रुपले स्यान्डबर्ग चिन्तित रहेको उनको विभागमा काम गर्ने दुई कर्मचारी बताएका छन् । किनकि उनलाई एक छेउ लगाइदैछ र फेसबुकमा उनको भूमिका महत्व कम भइरहेको उनलाई भान भएको छ । यसबारे स्यान्डबर्गले टिप्प्णी गर्न अस्विकार गरेकी छिन् । 

सम्बन्धहरुको परिवर्तनलाई फेसबुकले अस्विकार गर्दै आएको छ । ‘यहाँ एक स्पष्ट संरचना छ । मार्क चीजहरुको उत्पादनको पक्ष चलाउँछन्, जबकि शेरिल चीजहरुको व्यावसायको पक्षलाई चलाउछन्’– फेसबुकका मुख्य राजस्व अधिकारी डेभिड फेस्चरले एक अन्तरवार्तामा भने– ‘यसको अर्थ सबै वा केही होइन भन्ने होइन, उनीहरुबीच शून्य–योग छैन ।’
.......

‘एक निपूर्ण कलाकार’ 
फेसबुकले वर्ष २०१९ लाई वासिङ्टनमाथि एक पूर्ण लबिङमा समर्पित गर्यो, नीति–निर्माताहरुलाई प्रभावित गर्नका लागि १६.७ मिलियन डलरको अपराध गर्यो । केवल दुई अन्य कम्पनीहरुले नै बढी खर्च गरे । तर, नगदभन्दा पर फेसबुकको सबैभन्दा शक्तिशाली हतियार भनेको सिआइओसम्मको पहुँच थियो । 

जर्ज डब्ल्यु बुश प्रशासनसँग राम्रो साँठगाँठ रहेको दिग्गज काप्लानले दक्षिणी क्यारोलिनाका सिनेटर लिन्ड्से ग्राहम र फक्स न्युजका प्रस्तोता टकर कार्लसनलगायत प्रभावशाली कन्जरभेटिभसँग मार्क जुकरबर्गका लागि रात्रिभोजको मेजमानी गर्ने व्यवस्था सुरु गरे । काप्लानले अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र जुकरबर्गबीच सम्बन्धलाई पनि पोषण गरे । 

सन् २०१९ सेप्टेम्बरमा न्यूयोर्कका अटर्नी जनरलले के फेसबुकले ‘एन्टिट्रस्ट’ कानुनलाई तोडेकै हो त भनी बहुस्तरीय जाँच गर्ने घोषणा गरे । जुकरबर्गका लागि यो राजनीति र सरकारले उनको पूर्ण ध्यान चाहिएको अहिलेसम्मकै सबैभन्दा स्पष्ट संकेत थियो । सम्भवतः उनको कम्पनीका लागि अस्तित्वगत खतरा जसलाई अब अर्कोलाई सुम्पिन्न सकिंदैन थियो । त्यसको अर्को साता उनले दुबै दलका सदस्याहरुलाई निवेदन दिन वासिङ्टन गए । 

रिसमा रिट्ज–कार्लटोनको नजिकै रहेको एक उत्कृष्ट रेष्टुरेन्टको एक गोप्य कोठामा जुकरबर्गले प्रमुख सिनेट डेमोक्र्याटसँग मध्यान्नहको खाना खाए । उक्त समूहमा भर्जिनियाका मार्क वार्नर र कनेक्टिकटका रिचर्ड ब्लूमेन्थल सहभागी थिए । यी दुबै फेसबुकको सुरक्षा तथा गोपनीयता अभ्यासको लामो समयदेखि आलोचक हुन् । यसका साथै प्रविधि नीतिका नयाँ अधिकारीहरु जस्तै न्यू ह्याम्पशायरका जियने शाहिन, नेभाडाका क्याथिरिन कोर्टेज मास्टो र मेइनेका स्वतन्त्र अधिकारी अन्गुस किङ पनि सहभागी थिए । 

जुकरबर्गले गहन भएर सुने र फेसबुकको विदेशी चुनावी हस्तक्षेपदेखि क्रिप्टोकरेन्सीसम्मका थुप्रै मुद्दाहरुका बारेमा आश्वासन दिए । ‘उनी एक निपूर्ण कलाकार हुन्’, ब्लुमेन्थलले एक अन्तरवार्तामा भने– ‘व्यवासायिक सल्लाह र सायद कोचिङ पनि र वासिङ्टनमा प्रचारकको भारी समूहको प्रशस्त मार्गदर्शनको एक परिणाम हो ।’ वार्नरले थपे– ‘केही समयका लागि मलाई लाग्यो कि उपत्यकामा रहेको थुप्रै प्रविधि कम्पनीहरुसँगै फेसबुकले पनि वासिङ्टनसँग काम गर्नु उनीहरुभन्दा तल थियो । मलाई लाग्छ जुकरगर्बले हामीसँग प्रत्यक्ष जोडिनुमा फाइदा रहेको महशुस गरे ।’

उक्त डेमोक्र्याटिक डिनर वास्तवमा महत्वपूर्ण बैठकका लागि एक ‘वार्म–अप’ मात्रै थियो । अर्को दिन काप्लान र कुश्नेरले राष्ट्रपतिका साथ बस्ने जुकरबर्गका लागि व्यवस्था मिलाए । यसअघि यी दुई व्यक्ति कहिल्यै भेटेका थिएनन् । सेप्टेम्बर १९ को सत्रअघि जुकरबर्गले उनको वासिङ्टनको कर्मचारीलाई ट्रम्पको फेसबुक उपस्थितिको बारेमा जानकारी दिन भने, ताकि उनी ओभल अफिसमा केही आंकडाहरुलाई रोक्न सकुन् ।

गाढा निलो सुटमा कलेजी रंगको टाइ लगाएका जुकरबर्ग कुश्नर र काप्लानको बीच र ट्रम्पको सामुन्ने बसे । सामाजिक सञ्जालमा विश्वका कुनै पनि नेतासँग ट्रम्पको उच्च स्तरको ‘इन्गेजमेन्ट’ रहेको जुकरबर्गले झट्टै बुझिहाले । यसअघि  फेसबुकको मुद्दाहरुलाई लिएर आक्रमण गरिरहेका ट्रम्पले तत्कालै नयाँ सुर अपनाए र उनले उक्त वार्तालाई सामाजिक सञ्जालमा ‘राम्रो’ भन्दै पोस्ट गरे । 

त्यसको एक महिनापछि ट्रम्पले फेसबुकका बोर्ड सदस्य र ट्रम्प समर्थक पिटर थिएलका साथ जुकरबर्गलाई व्हाइट हाउसको एक निजी रात्रिभोजका लागि आमन्त्रित गरे, जुन हप्तौंसम्म अज्ञात रह्यो । जुकरबर्गको साधारण चाप्लुसीको भुक्तान भएको देखिन्छ । त्यस समयदेखि ट्रम्पले कम्पनीमाथि सार्वजनिक रुपले आलोचना गर्न छाडे, त्यसको एक महिनापछि दर्शकहरुसामु ट्रम्पले ‘विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालमा उनी नम्बर एक’ भन्दै बताउँन थाले । 

फेसबुकभित्र पनि जुकरबर्गको अधिक सहभागी हुने शैलीले कर्मचारीलाई कष्टपूर्ण बनाइरहेको थियो । अक्टोबरमा जब जुकरबर्गले सार्वजनिक रुपमै यस प्लाटफर्मममा राजनीतिक भाषणलाई कसरी नियमन गर्नेबारे बताए, त्यसपछि असन्तोष उम्लिन थाल्यो । स्वतन्त्र भाषणका नाममा उनले भने राजनीतिक विज्ञापनमा राजनीतिज्ञहरुले के बोले भनेर फेसबुकले जाँच नगर्ने, चाहे उसले झुटो नै बोलेको छ भने पनि । उनले फेसबुक यसअघि सत्यको मध्यस्थकर्ता बन्ने व्यावसायमा नरहेको र अब पनि नरहने बताएका थिए । 

प्रतिक्रियामा २५० भन्दा बढी कर्मचारीहरले एक आन्तरिक ज्ञापन पत्रमा हस्ताक्षर गर्दै स्वतन्त्र भाषण र खरिद गरिएको भाषण फरक रहेको र यस्तो गलत जानकारी सबैका लागि हानिकारक रहेको तर्क दिए । ‘राजनीतिक विज्ञापनमा फेसबुकको स्थिति एक खतरा हो’, कर्मचारीहरले लेखे– ‘यदि यस्तो भयो भने हामी यस नीतिमाथि कडा विरोध गर्छौं ।’

केही दिनपछि हलोविनमा जुकरबर्गले कर्मचारीहरुसँग एक नियमति साप्तिाहिक सत्रमा प्रश्नोत्तरको नेतृत्व गरे । उक्त सत्रमा उपस्थित तीन व्यक्तिका अनुसार, अन्त्यतिर एक विशाल, उड्न सक्षम ‘पिकाचु’ पोशाक लगाएका एक जना विस्तारै माइक्रोफोन तिर लम्किए र सिइओलाई उनको नीतिमाथि जोड् दिए । सँधै सबैलाई खुशी बनाउने प्रयास गरेका जुकरबर्ग यतिबेला यसबारे कम चिन्तित थिए । उक्त सत्रभरी जब एउटै प्रश्नको संस्करण अगाडी आइरह्यो उनी स्थिर रहे । ‘यो डेमोक्र्यासी होइन’, उनले भने ।
......

‘ब्लिच’ परीक्षणः
फेसबुकका निर्देशकका बोर्डका ९ सदस्यले पनि ‘डेमोक्र्यासी होइन’ भनी ब्याख्या गर्न सक्छन् । जुकरबर्ग समूहको अध्यक्षता गर्छन्, उनी अधिकांश शेयर राख्छन् र यसको गतिशिलतालाई नियन्त्रण गर्छन् । उनको शक्तिमा बोर्ड कदापी एक बाधा होइन । गत वर्ष अमेरिकी एक्सप्रेसका पूर्व प्रखुम कार्यकारी केन्नेथ चिनल्टले कम्पनीको चुनौतीहरुको छानबीन गर्नका लागि एक स्वतन्त्र समिति बनाउन सुझाव दिए । यही धारणा त्यसअघि ‘द जर्नल’द्वारा रिपोर्ट गरिएको थियो तर जुकरबर्ग र अन्यले महत्व दिएनन् । 

बोर्डका अन्य असमहमतिहरु, विशेषगरी राजनीतिक विज्ञापन तथा गलत सूचनाहरुको प्रसार वरिपरि, सधंै जुकरबर्गको दृष्टिकोणसँग समाप्त भयो । मार्चमा चनिल्टले उनी पुनः चुनावका लागि नउठ्ने घोषणा गरे । त्यसको लगत्तै एक अन्य निर्देशक जेफ्रे जियन्टले पनि नउठ्ने घोषणा गरे, जसले जुकरबर्गको केही स्थितिमाथि चुनौती दिएका थिए । 

उनीहरुलाई प्रतिस्थापन गर्न जुकरबर्गले ड्रपबक्सका प्रमुख कार्यकारी ड्रिउ हाउस्टन र पेगी अल्फोर्डलाई छाने । हाउस्टन जुकरबर्गका पुराना साथी तथा ‘पिङ–पोङ’ साझेदार थिए भने अल्फोर्ड चान जुकरबर्ग परोपकारका पूर्व मुख्य बित्तीय अधिकारी थिए । यस वर्ष बोर्डका लागि अन्य तीन नियुक्ती गर्न बाँकी छ । बाँकी रहेका बोर्डका तीन सदस्यहरु मित्रताको गुच्छा हुन्ः थिएल र मार्क एन्ड्रिसेन, जो उद्यम पुँजीपति हुन् र फेसबुकको सबैभन्दा सुरुवती र इमान्दार लगानीकर्ता हुन्, अर्की हुन् सुश्री स्यान्डबर्ग । 

आफ्नो बोर्डको मुद्दाहरुका साथ जुकरबर्गले आफ्नो बढी ध्यान कोरोना भाइरसमा केन्द्रित गर्नमा सक्षम भएका छन् । सेन्टर फर डिजिज कन्ट्रोलका पूर्व निर्देशक टम फ्रिडेनलगायत विशेषज्ञहरुको रिपोर्ट अनुसार उनले यस महामारीलाई सुरुबाटै पछउन सुरु गरे । भाइरसलाई फैलाइएको भनिएको चीन बाहिरको प्रारम्भिक रिपोर्ट र अमेरिकीलाई खासै प्रभाव नपार्ने ट्रम्पको आधारहीन आश्वासनमा विश्वास नगर्न जुकरबर्गलाई सल्लाह दिइएको थियो । 

मार्च १० मा थुप्रै राज्यहरुमा घरमै बस्न आदेश दिइएसँगै जुकरबर्गले आफ्नो व्यक्तिगत फेसबुक पेजमा अमेरिकाको टप संक्रमक रोग अधिकारी डाक्टर एन्थोलनी फाउसीसँगको एक लाइभ भिडियो ब्रोडकास्ट गरे ।

महामारी सुरु भएपछि फेसबुक म्यासेन्जर तथा व्हाट्एपमा भिडियो तथा अडियो कलहरु दोब्बर भएका छन् । इटाली जस्ता महामारीको केन्द्रविन्दु देशमा ग्रुप कलहरु एक हजार प्रतिशले बढे । अन्य थुप्रै व्यस्त देशमा म्यासेन्जर तथा इन्स्टाग्राम ५० प्रतिशतले बढ्यो । पालो अल्टोमा होमबाउनडका कर्मचारीलाई नयाँ उत्पादनको निर्माण गर्न जुकरबर्ग प्रेरित गरिरहेका छन्, जसको उपयोग मानिसहरु एक–अर्कालाई जोड्नमा प्रयोग गर्न सक्छन् । अहिलेको वर्तमान प्रतिद्वन्द्वी भनेको ‘जुम’ हो, जसले भिडियो कलिङ मार्केटलाई अघि बढाउने उनको आशा छ । 

‘जब विश्व द्रुत गतिमा परिवर्तन हुन्छ, मानिसहरुको नयाँ–नयाँ आवश्यकता उत्पन्न हुन्छन् र यसको अर्थ हुन्छ त्यहाँ निर्माणको अझ नयाँ खण्ड छ’, उनले गत एप्रिलमा लगानीकर्ताहरुसँगको एक कन्फ्रेन्समा भने– ‘आर्थिक मन्दीको समयमा सही काम गर्नु भनेको भविष्य निर्माणमा लगानी गर्नु हो भन्नेमा म सधैँ विश्वास गर्छु ।’

जब जुकरबर्गलाई शक्तिशालीद्वारा चुनौती दिइन्छ तब पनि के उनी यस्तै पारदर्शी देखिएलान् ? यो हेर्न बाँकी छ । गत मार्चमा न्यूयोर्क टाइम्ससँगको अन्तरवार्तामा उनले भने, ‘फेसबुक गलत सूचनालाई सहन गर्दैन, जसमा खतरानको आसन्न जोखिम हुन्छ ।’

(न्युयोर्क टाइम्सबाट । अनुवाद : गिता सुब्बा ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर