• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

प्रधानमन्त्रीज्यूलाई सलाम छ !

जेठ ५ अब नेपाली इतिहासको खासदिन बनेको छ । भारतले जबरजस्ती मिचेको नेपाली भू–खण्ड नेपालको नक्सामा समेटिएको दिन । करिब ६ दशकदेखि भारतले जबरजस्ती आफ्नो अधिनमा राखेक नेपाली भूखण्ड अबबाट नेपालको नक्शामा समेटिएको छ । 

दक्षिण एशियाली मुलुकहरूमा जिन्ना, शेख मुजीब र इंदिरा गांधीले मात्रै आफ्नो देशको नक्सा बदलेको, घटाएको वा बढाएको इतिहास थियो । अब केपी ओलीको नाम इतिहासमा स्वर्णिम अक्षरले लेखियो ।

सत्तामा बस्ने र दस्तखतको दस्तुर निभाउने काममात्रै प्रम ओलिबाट अपेक्षित थिएन, छैन र हुने छैन भन्ने अर्को कदम हो, यो ।

अपेक्षा गरिएका व्यक्ति वा नेता समक्ष अनेक गल्ती हुन्छन जीवन कालमा !

अमर हुन केवल एउटा निर्णय काफी हुन्छ ! तर केपी ओलिले यस्ता निर्णय अनेक गर्दै आउनु भएको र यो अर्कोदिनको निर्णय स्वर्ण अक्षरले लेखिनेछ ।

यो निर्णय गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममापनि  भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा  गरेको थियो । 

भन्न त भन्लान कालापानी र लिपुलेक नेपालको नक्सामा पहिले नै थियो । पछिल्लो समय भारतले झेल गरेर हटाएको हो ।अहिले हाम्रो नक्सामा थपिएको, नाभी, गुन्जी, कुटी र लिम्पियाधुरा हो । कालापानी विवादित भूमि होइन, हाम्रो भूमिमा भारतीय सेना बसेकोले बिबादित देखाउन खोजिएको हो ।

सरकारले केही गरेन भन्ने सङ्ग भन्नु केही छैन तर यो नेपाल र नेपालीको गर्व गर्ने ऐतिहासिक दिन हो।संबिधान संसोधनको प्रस्थान बिन्दुपनि यही हो ।

आन्तरिक र वैचारिक मत भिन्नता र मती भिन्नता  हुँदै गर्लान तर अखण्ड नेपाल र मुलुकको स्वाभिमानका विषयमा ऐक्यवद्धता हुनैपर्छ । असली राष्ट्रबाद त्यही हो ।

हाम्रो जमीन छोड भन्ने हाम्रो माग थियो अब दबाव हुन्छ । अब बडे÷छोटे भाई होईन सोल्डर टु सोल्डर डिप्लोमिक रिलेसनमा सम्बन्ध अघि बढ्छन । छोटे भाई भन्ने र उस्कै मातृभुमिमा धाबा बोल्न अब दिइँदैन् । 

ओली सरकारको आँटको परिणाम हो यो, सलाम छ ।

केही मानिसले संसदमा समेत हाम्रो भूमि र अखण्डताको कुरा अरुको हितमा बोलेको सुनियो, यो किमार्थ स्विकार्य हुनसक्दैन् । 

कानून, संविधान र देशको अखण्डता बिरूद्ध बोल्ने अधिकार कुनैपनि ब्यक्ती वा सांसदलाई हुन सक्दैन । सदन भित्रको वाक स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउँनका लागि होइन । अमर्यादित र कानून बिपरितका कृयाकलापमा सभामुखको रूलिङ आउनु पर्ने हो, आउनु पर्छ । देशको पवित्रतामाथि सार्वभौमिकता विरुद्धा बोल्ने जो कोही होस, छुटछैन र दिनु हुँदैन् ।

यो अभुतपूर्व निर्णयले सबै तह र तप्काका नेपालीलाई जागरुक बनाएको छ । पार्टी, निति, तरिकामा भिन्नता हुनसक्छन तर राज्य र राष्ट्रको सम्प्रभुताको सवालमा बिचार, विबेक र विबेचना एउटै हुनुपर्छ । मत भिन्नता घर भित्र देखाऔ, राष्ट्रको कुरामा मतैक्यता देखाऔ । 

सुन्दै आएका छौँ अब लागू गरौं ‘सङ्घे शक्ती कलौ यूगे !’

हाम्रो एकता सधै आबश्यका छ तर यो पटक बढी नै । शास्त्र हेरौं, रमायणको एउटा भागको चर्चा गरौं । जब श्रीरामको वाण लागेर रावण ढल्यो, उ मृत्युको समय गन्दै थियो ।

यत्तीकैमा श्री रामले भाई लक्ष्मणलाई भन्नु भयो, रावणको मृत्यु अघी तिमी उनीसँग पुगेर केही ज्ञान लिएर आउ’ । उ महाज्ञानी हो ।

लक्ष्मण हाँस्दै भन्नुभयो, ‘जस्ले हाम्रो भाउजु अपहरण गर्‍यो त्यस्तो अहङ्कारी मूर्खसंग के ज्ञान हुन सक्छ ?’

श्रीरामले भन्नु भो तिमी जाउ र ज्ञान लिएर आउ । बाण लागेर ढलेको राबणको शिर निर पुगेर लक्ष्मणले भन्नुभयो, ‘भगवान श्री रामले तिमी संग ज्ञान लिएर आउन पठाउनु भएकोले आएको हुँ’

जब राबणले सुने टाउको बदले । लक्ष्मण फर्किनुभो । सबै  रिपोर्टिङ सुने पछी श्रीराम आफै पुग्नु भो रावण समिपमा ।

अनी श्रीराम रावणको अघि उभिनुभयो । भन्नु भयो हे महाज्ञानी तिमीवाट एउटा भुल भयो कि तिमिले मेरी श्रीमतीको हरण गर्‍यौ(भन्नु भयो रावण तिमी मृत्यूको नजिक छौ तिमी संग भएका ज्ञान दिएर जाउ ताकी यो संसारलाई  काम लगोस ।

राबणले भने ू श्रीराम सुन्नोस्, आज मेरो हार र तपाईको जीत भएको छ । बल, बुद्धी, शक्ती, ज्ञान सबैमा तपाई भन्दा म अघी छु । तपाईसंग सुनको दरबारर मात्रै छ म संग  सुनको नगर छ लङ्का । फरक यत्ती भयो कि तपाईसंग तपाईको भाई लक्षमण अन्तिम सम्म तपाईको साथमा थिए । तर मेरो भाईले मेरो सुचना तपाई सम्म पुर्‍याएँ ।

हाम्रो पूर्विय संस्कारले दिएको यो महाज्ञान यो पाली हामिले आफैँमा लागु गर्नु पर्ने भएको छ ।

राष्ट्र र स्वाभिमानकोलागी सब नेपाली एक ठाँउ उभिनु पर्ने समय आएको छ ।

एकताको यो आह्वानसँगै विगत हेरौं १८१६ को सुगौली सन्धिको धारा ५ ले स्थापित गरेको आधार, प्रमाण र त्यसयताका विभिन्न कागजातका आधारमा काली नदीको मुहान रहेको लिम्पियाधुरा नेपालकै सीमा हो भन्ने यथेष्ट प्रमाण रहेकाले राजनीतिक नक्सा जारी गर्ने निर्णय गरेको हो, सरकारले  ।  सुगौली सन्धि, तत्कालीन समयमा नेपालीले नै गरेको जनगणना, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका बासिन्दालाई भारत सरकारले नेपालमा तिरोभरान गर्नु भनेका हस्तलिखित पत्र र त्यहाँका नागरिकले सन् १९७३ मा मालपोतमा तिरो तिरेको रसिदको प्रमाण सरकारसँंग भएकाले उक्त क्षेत्र नेपालकै हो भन्नेमा कुनै दुविधाछैन ।’

स्मरणिय छ गत वर्ष कात्तिकमा भारतले कालापानीसम्मकै क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले कूटनीतिक नोट मार्फत विरोध गरेको थियो ।

र नटेरेपछी सरकारले आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर