भारतबाट नेपाल फर्कनका लागि १५ सय नेपाली सिमावर्ति सहर पलिया आइपुगे

कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किन एक हजार पाँच सय नेपाली पलिया आइपुगेका छन् । भारतका विभिन्न स्थानमा ज्याला मजदुरी तथा अन्य काम गर्दै आएका एक हजार पाँच सय जना पलिया आइपुगेका हुन् । पलियामै रहेका बैतडीका नरेन्द्र चन्दले भारतका विभिन्न स्थानबाट बस तथा ट्रक मार्फत अहिले सम्म एक हजार पाँच सय बढि जना पलिया पुगिसकेको जानकारी दिए ।

उनका अनुसार अझै हजारौँको संख्यामा मजदुरहरु आउने क्रम जारी रहेको छ । उनीहरुले स्थानीय प्रशासनसँग उद्दारको माग गरेका छन् । कैलाली प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले अहिले सम्म पलियामा ९ सय बढि मानिस आईपुगेको जानकारी प्राप्त भएको बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा पलियामा रहेका साढे ९ सय मजदुरको उद्दार गरिएको थियो । अहिले सीमा क्षेत्रमा पुगेकाहरुलाई पनि उद्दार गर्न तयार रहेको तर सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था सम्बन्धीत स्थानीय तर र प्रदेश सरकारले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गन्तव्य पुगाउने व्यवस्था भए भारतमा अलपत्रको उद्धार गर्न तयार छौँ : कैलाली प्रशासन
जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था भए भारतमा रहेका अलपत्र नेपालीको उद्धार गर्न तयार रहेको बताएको छ । दुई दिन पलिया र रामपुर क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिसकेको प्रशासनले सीमा नाकामा ¥यापिड टेस्टसंगै गन्तव्य पुगाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था भए फेरी उद्धार गर्न तयार रहेको जनाएको हो ।

दुई दिन गौरीफन्टा नाकाबाट उद्धार भएपछि अहिले पलिया क्षेत्रमा मात्रै डेढ हजार बढि नेपालीहरु नेपाल प्रवेशको अनुमती पर्खिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्धार गरेपछि सम्बन्धित पालिकासम्म पुगाउनका लागि प्रशासन एक्लैले नसक्ने भएकाले प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको खाँचो रहेको बताए ।

‘सीमामा र्यापिड टेस्ट गराएर उनीहरुलाई सम्बन्धित पालिका सम्म पुगाउने जिम्मा स्थानीय र प्रदेश सरकारले लिनुपर्छ। हामी अलपत्र नेपालीको उद्धार गर्न तयार छौँ ।’ प्रमुख जिल्ला अधिकारी  भने । 

उनले उद्धारमा भन्दा पनि सीमा वारि पुगिसकेपछि गन्तव्यमा पठाउन समस्या रहेको बताए । दुई दिनसम्म नौँ सय ५० जनाको उद्धार गरकोे प्रशासनले उनीहरुलाई गन्तव्यमा पठाउन निकै समस्या झेल्नु परेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले व्यापारी र संघसंस्थाहरुसंग सहयोगका लागि याचना गरेपछि मात्रै उनीहरुलाई गन्तव्यसम्म पठाईएको बताए । भारतबाट फर्किएका नेपालीहरुसंग धनगढीबाट घर सम्म पुग्ने भाडा पनि थिएन । व्यपारीहरुसंग सहयोग मागेर हामीले भाडा र खाना नास्ताको व्यवस्था गरेका थियौँ। तर सधै व्यापारीहरुसंग कति सहयोग माग्नु। प्रदेश र स्थानीय सरकारले समन्वय गरे सहज हुने थियो ।’ सूचना अधिकारी जोशीले  भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर