पाल्पाका ४ स्थानीय तहले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने 

पाल्पा । पाल्पाका स्थानीय तहहरुले लकडाउनको समयमा बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरेका छन् । ग्रामीण बस्तीबाट भएको बसाईसराईका कारण बाँझो रहेका जमिनलाई खेतियोग्य बनाउन स्थानीय तहहरुले अनुदानको व्यवस्था गरेपछि किसान पनि उत्साहित भएका छन ।

कोरोना भाईरसका कारण देशमा लकडाउन भएसंगै सहर बजार शुनसान भएपनि पाल्पा ग्रामीण बस्तीहरुमा  उतिबेला चहलपहल बढेको छ । कोरोना भाईरसका कारण अस्थानी रुपमा बजारमा बस्नेहरुमा यतिबेला गाउँको मोह नै चलेको छ । रोजगारी अध्ययन तथा अन्य कारणले बजारमा बस्ने मानिसहरु अहिले गाउँ फर्केर कृषि पेशामा आवद्ध हुन थालेका छन । लकडाउन थपिदै जाँदा गाउँबस्तीमा स्थानीयले कृषि पशुपालन तथा फलफूल खेती गर्न थालेका छन् ।

पाल्पाका स्थानीय तहहरुले पनि दुईवर्षदेखि बाझो रहेका जमिनलाई हराभरा बनाउन प्रतिरोपनी अनुदानको व्यवस्था गरेका छन । जस्ले गर्दा किसानमा थप उत्साह थपिएको छ । जिल्लाका ४ स्थानीय तहले बाँझो रहेको जमिनामा पुनः खेती गर्ने किसानका लागि अनुदानको व्यवस्था गरेका हुन् । पूर्वको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, पश्चिममको रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाले बाझो जमिनमा खेती गर्ने किसानका लागि प्रोसाहन स्वरुप अनुदानको व्यवस्था गरेको जनाएका छन । 

रामपुर नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न र तरकारी खेती गर्ने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपे प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने तथा अन्नबाली र तरकारी खेती गरेमा पालिकाले प्रतिरोपनी ३ हजार रुपैयाँ अनुदान दिने प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए ।  

स्थानीय तहहरुले प्रतिरोपनी २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेका छन । भने उत्पादनका आधारमा समेत अनुदानको व्यवस्था गरेको माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा मगरले जानकारी दिए । 

गाउँपाालिकाले आव ०७४।७५ अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा पुनः खेती गर्ने किसानले अनुदान पाउने व्यवस्था गरेको थापाले बताए । बाँझो जग्गामा जग्गाधनी स्वयंले खेती गर्न चाहे वा करारमा खेतीका लागि सम्झैता गरी कम्तीमा तीन वर्षका लागि भाडामा दिन चाहे प्रतिरोपनी ३ हजार दिइने उनको गाउँपालिकाले जनाएको छ । 

स्थानीय सरकारमार्फत दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न, तरकारी र फलफूल खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेसंगै कोरोनाको त्रासले गाउँ फर्केका मानिसहरु उत्साहित भएर बाझो जमिनमा खेती गर्न लागेको रैनादेवी छहराका सुन्तला व्यावसायी कमल घिमिरेले बताए । लकडाउनका कारण अन्य समयमा भन्दा गाउँमा मानिसको चाप बढी रहेको हुँदा काम गर्न समेत सहज भएको किसानको भनाई छ  ।

देशमा भएको बन्दाबन्दीको समयमा बेरोजगार रहेका युवालाई कृषि पेशामा लगाएर उत्पादन बढाउनुका साथै भविष्यमा हुनसक्ने खाद्य संकनलाई कम गर्न किसानका लागि व्यास्था गरिएको अनुदान कार्यक्रम अन्य तहहरुले पनि सुरुवात गर्नसके बाँझो जमिनलाई हराभरा बनाउन सकिने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर