• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपालको नयाँ नक्सा स्विकार्य छैन : भारत

 काठमाडौं । भारतले नेपाल सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । 

भारतको परराष्ट्र मामिलाका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने एक पक्षीय कार्य ऐतिहासिक तथ्यहरु तथा प्रमाणहरुमा आधारित नभएको बताएका छन् । 

‘यो कूटनीतिक संवादको माध्यमबाट सीमा मुद्दाहरुलाई हल गर्नका लागि दिपक्षीय समझादारीको विपरित छ । भूमिलाई दाबी गर्ने यस्तो कृत्रिम विस्तारलाई भारतद्वार स्विकार गरिने छैन्,’ प्रवक्ता श्रीवास्तवले भनेका छन् । 

उनले अगाडी भनेका छन्, ‘भारतको यस अडानबारे नेपाल राम्रोसँग जानकार छ र हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छ ।’ 

साथै नेपाली नेतृत्वले सीमा विवाद समाधान गर्नका लागि कूटनीतिक संवादमार्फत सकारात्मक वातावरण बनाउने विश्वास रहेको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर