• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोरोना भाइरस संक्रमित तेश्रो व्यक्तिको मृत्यु

बुटवल । कोरोना भईरसका कारण नेपालमा तेश्रो व्यक्तिको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले यसको आज विहान पुष्टी गरेको हो । मन्त्री सुदर्शन बरालले गुल्मी मदाने गाउपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको आज विहान निधन भएको जानकारी दिए । 

नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४४४ छ।  

जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर