• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना भाइरस संक्रमणपछि विश्वभर २० लाख भन्दा बढि निको

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ९१ पुगेको हो । त्यस्तै विश्वभर जम्मा संक्रमितको संख्या ५,१८९,४८८ नाघेको छ भने २,०७८,५५७ भन्दा बढि निको भएका छन् । 

कोरोनाका कारण सबैभन्दा धेरै विश्वकै विकसित देशमा ज्यान गएको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । तुनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ । 

अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, ब्राजिलमा २० हजार ४७ ले संक्रमितको ज्यान गइसकेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर