• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 03:31 pm

जाजरकोटका पुर्वसांसद शाहद्धारा कर्णाली प्रदेशलाई करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत । जाजरकोटका पुर्वसांसद तथा समाजसेवी राजिवविक्रम शाहले कर्णाली प्रदेश अस्पतालसहित कर्णालीका जिल्ला अस्पतालहरुलाई १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।  

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।  शुक्रबार एक कार्यक्रमवीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा। डम्मर खड्कालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिट रलगाएतका ७० लाख बराबरको स्वास्थ्य सामग्री दिएको छ भने कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालका लागि ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हुम्ला जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, मुगु जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर सहयोग गरिएको छ । 

त्यसैगरी डोल्पा जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, कालिकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, दैलेख जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी भ्याकुम सेट, जाजरकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजर, सल्यान जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर र रुकुम पश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर दिईएको कुमारी ट्रष्टका अध्यक्ष राजिवबिक्रम शाहले बताए । 

‘हामीले कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरेका हौं, ‘कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ,’ ‘ट्रष्टका अध्यक्ष राजिवबिक्रम शाह भने,’ ‘भौगोलिक विकटता मात्र यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको छ ,।’

पूर्व संविधान सभा सदस्य तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच पनि केही राहत भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । 

‘हामी अहिले सबै कोरोना बिरुद्ध लडिरहेका छौं,’ ‘मुख्यमन्त्री शाहीले भने,’ ‘कर्णालीका स्वास्थ्यको पहुँच बृद्धि गर्नका लागि तत्पर छौं, अब आउने दिनमा कर्णालीमा कोरोनालाई अन्त्य गर्नको लागि अहिले प्रदेश सरकार कोरोनाको खोजिमा रहेको छ त्यसको लागि प्रत्येक गाउँमा डाक्टरहरुलाई कोरोनाको लोकेशन खोज्नको लागि पठाईएको छ ,।’

अहिले कर्णालीका कोरोनाका बिरामी एक जना भेटिएको भारतबाट आएका नागरिकका कारण चुनौती थपिएको मुख्यमन्त्री शाहीले बताए । ‘अहिले हाम्रो चुनौती भनेको भारतबाट आएका नागरिकबाट हो ।’ उनले भने,‘८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेका छन् ।’

प्रदेश अस्पतालमा आफुहरुको भनाई अनुसारको नै सामान ल्याएर धेरै ठुलो सहयोग गरेको कर्णाली प्रदेश अस्पतालका तर्फबाट समाजसेवि शाहलाई अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : स्थानीय तहका जनप्रतिनिधिलाई सुविधै सुविधा

  • १६ जेठ, २०७७

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशका स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुलाई सुविधै सुविधा दिने गरी कानुन बनाएको छ । विगतमा मासिक रुपमा पाउदै आएको

रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु 

  • १६ जेठ, २०७७

रोल्पा ।    रोल्पामा आज चट्याङले हानेर २ जनाको मृत्यु भएको छ । त्रिवेणी ७ गैरीगाउँ डाँडामा विहान करिव ९ः४५ बजे परेको चट्याङबाट २ जनाको मृत्यु भएको

कर्णाली प्रदेशको निति तथा कार्यक्रम : रोजगारीदेखि स्वास्थ्यमा जोड 

  • १६ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।