• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संविधान दोश्रो संशोधनका लागि संसदमा प्रस्ताव दर्ता

काठमाडौं । सरकारले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप तयार पार्न संविधान संशोधनका लागि प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले शुक्रबार संघीय संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

उनले अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

आजै बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको थियो । 

लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।
छिमेकी भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि नेपाल सरकारले आफ्नो भूमि मिचिएको ठहर गर्दै नयाँ नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा अनुसार संविधानमा अंकित निशान छाप बनाउन सरकारले संशेधनको प्रस्ताव ल्याएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर