• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै गुल्मीका मृतकका परिवारद्वारा कारबाही माग

काठमाडाैँ । कोरोना भाइरसको कारण ज्यान गुमाएका गुल्मीका ४१ वर्षीय मृतकका परिवारले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको बताएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै बिरामीको उपचारमा नै लापरबाही गरेका कारण ज्यान गएको दाबी गरेका छन् । 

शुक्रबार एक विज्ञप्ति निकाल्दै उनीहरुले सामान्य ज्वरो आइ स्थानीय क्लिनिकमा चेकजाँच गराउदा कमलपित्तको बिरामी भएको हुदा उहाँलाई अर्घाखाँचीको सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनिकमा पठाएको, उहाँ मोटरसाइकलमा बसेर गएको र त्यहाँबाट थप उपचारका लागि बुटवल स्थित क्रिमसन अस्पतालमा रिफर गरेको बताएका छन् । 

उता, अस्पतालले भने कोरोना भाइरसको कारण उनको मृत्यु भएको जानकारी दिएको थियो । उनको मृत्युको आधिकारीक घोषणा हुनुपुर्व नै विभिन्न संचारमाध्यममा मृत्यु भएको भनि समाचार आएको थियो । जसमा सम्बन्धित अस्पताल र बिरामीका आफन्तले मृत्युको घोषणा नभई मृत्यु भएको समाचार आउँदा दुखीत हुन परेको बताएका थिए । 

विज्ञप्तिमा लेखिएको छ, ‘मिति ०७७/०२/०२ गते उहाँको उपचारमा अस्पताल प्रशासनको चरम लापरबाहीको कारण बिरामी कुरुवाको अनुमति बिना ढाडबाट पानी निकालिएकोले धेरै रक्तश्राव गर्दा निज बिरामी सिकिस्त हुनुभयो । जेष्ठ ३ गते त्यस पश्चात कोभिड १९ को परीक्षण गर्न उहाँ लगायत २ जना बिरामीको नमुना परीक्षण लिइयो । जसमध्ये अर्का एक मर्चबार गापा रुपन्देहीको क्वारेन्टाइनबाट भागेर आई एपेन्डिसाइडको उपचार गराईरहेको बिरामी हुनुहुन्छ भनियो । सोही दिन बिरामीको छात्तिको एक्सरे गनुपर्नेमा गरिएन् ।’

सोहीदिनदेखि अस्पतालले लापरबाही सुरु गरेको अराोप लगाउँदै मृतकका ३ छोरा, भाई र श्रीमतीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उनीहरुले बिरामीको मृत्युको कारणबारे यथाशिघ्र छानविनको माग गरेका छन् । साथै, हिन्दु परम्पराअनुसार मृतकलाई अन्तिम एकपटक देख्ने अधिकारबाट वञ्चित गराएकोमा रोष प्रकट गरेका छन् । 

हेर्नुस विज्ञप्तिः


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर