• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बाबुरामलाई अनेरास्ववियूका संयोजक महरले फेसबुकमा लेखे 'श्रद्धाञ्जली'

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई श्रद्धाञ्जलीको भाषा बोलेका छन् । 

जनता समाजवादी पार्टी नेपालका समेत नेता रहेको डा. भट्टराईविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक भाषा प्रयोग गर्दै गाली गरेका हुन् । उनले भट्टराईलाई गद्दार दलाल राष्ट्रघातीको संज्ञा दिएका छन् । 

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भट्टराईको आलोचना गर्दै भनेका छन् ‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ। यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली ’’ उनले फेसबुकमा लेखेका छन् । 

डा. भट्टराईले शनिबार बिहान कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गरेका थिए । सोही टिप्पणीमाथि प्रति टिप्पणी गर्दै उनले श्रद्धाञ्जली नै व्यक्त गरेका छन् । 

भट्टराईले भनेका थिए :
‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् ? विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्, तिनको परीक्षण, व्यवस्थापन हुन सकेको छैन। अरिङ्गाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईँमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर