• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

थप ३६ जनामा देखियो संक्रमण, संक्रमित संख्या ५ सय ८४ 

काठमाडौं । थप ३३ जनामा कोरोना भाइर संक्रमण देखिएको छ । विभिन्न जिल्लाका ३३ जनामा संक्रमण देखिएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबैको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरेको र संक्रमण देखिएको उनले स्पष्ट पारे । २०, २०, २२ र २७ वर्षिय पुरुष रहेको उनले बताए ।

त्यस्तै, कोशी अस्पतालको प्रयोशलामा गरिएको परीक्षणमा झापा गाउँपालिका, झापाका डिल्लिराज मावि क्वारेन्टाइनमा रहेका १ जना ३३ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेका नरैनापुरका १७ देखि ३२ वर्षसम्मका ६ जनामा संक्रमण देखिएको उनले बताए ।  

नरैनापुर ३ बाँके राष्ट्रिय प्राविमा गरिएको परीक्षणमा १६ देखि ३२ वर्ष समूहका १५ जनामा संक्रमण देखिएको उनले बताए । 

नरेनापुर १ बाँके मै गरिएको संकलनमा पोजेटिभ देखिएका ६ जना पुरुष रहेको उनले बताए । त्यस्तै, बर्दियाका एकजनामा पनि संक्रमण देखिएको छ । 

यो सँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको उनले बताए । जसमध्ये पुरुष ५ सय ५ जना र महिला ७९ जना रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर