• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतमा २४ घण्टामा थपिए ६ हजार ६५४ संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१  पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर