• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जापानले राष्ट्रव्यापी आपतकाल हटायो

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले राष्ट्रव्यापी आपतकाल हटाउने घोषणा गरेका छन् । 

सोमबार देशको नाममा सम्बोधन गर्दै आबेले देशका अधिकांश भागमा लकडाउन खुकुलो बनाउँदै आर्थिक गतिविधिहरु सुरु गर्न अनुमति दिएका छन् । 

आबेले कोरोना भाइरस महामारीलाई रोक्नका लागि देशमा लकडाउन लागू गर्ने आफ्नो फैसला सही प्रमाणित भएको बताउँदै अब लकडाउनलाई विस्तारै हटाउँदै जान सकिने स्थिति बनेको बताए । 

७ एप्रिलमा जापान सरकारले देशका केही भागमा लागू गरेर लकडाउनको सुरुवात गरेको थियो । त्यसपछि पुरै देशमा लकडाउन लागू गरेको थियो । 

महामारीको सुरुवातमा जापानको यस कदमप्रति आलोना भइरहेको थियो । जापानले कडा कदम उठाएको बताइएको थिया । 

‘देशका अधिकांश स्थान खुल्ला गर्न लागिएको छ, तर राजधानी लगयात केही क्षेत्रमा भने अझै लकडाउन जारी रहनेछ,’ आबेले सम्बोधनमा भने । 

आइतबार जापानका अर्थमन्त्री यासूतोशी निशीमूराले नयाँ संक्रमितको संख्यामा कमी आएकाले देशका अधिकांश क्षेत्र बन्द राख्नुको अर्थ नभएको बताएका थिए । अन्य ठूलो अर्थतन्त्र भएको देशको तुलनामा जापानले कोरोना महामारीलाई राम्ररी नियन्त्रण गरेको छ । 

सोमबार बिहानसम्म जापानमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५५० पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ८२० जना पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर