• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दिल्लीमा गर्मी बढ्यो, ४५ डिग्री सेल्सीयस पुग्यो तापक्रम 

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । 

भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । 

त्यसैगरी जनावर तथा चराजुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।

मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर