• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतको केरलामा एसएसएलसी परीक्षा सुरु

त्रिवन्त्रुम । भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट)को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ ।

त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ ।

भारतमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दो अवस्थामा देखिन्छन् । यसका कारण गएको दुई महिना भन्दा लामो समयदेखि त्यहाँ देशभरि नै लकडाउन गरिएको छ । हाल पनि यहाँ लकडाउन कायमै रहेको छ । तर पनि यो संक्रमणबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरेर परीक्षा सुरु गरिएको बताइएको छ ।

केरला राज्यका सबै विद्यालयहरुका विद्यार्थीहरु आज सो परीक्षामा  सहभागी भएका बताइएको छ । कोरोना भाइरसको महामारीबाट बाँच्ने विभिन्न विधिहरु अपनाएर सो परीक्षा सुरु गरिएको बताइएको छ ।

बताइएअनुसार यहाँका विद्यार्थीलाई सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा दिन लगाइएको छ । उनीहरुलाई परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि पनि स्वास्थ्य जाँच गरिएको छ । 

उनीहरुको सामान्य तापक्रम जाँच गरेर परीक्षा केन्द्रमा प्रवेश दिइएको बताइएको छ । त्यस्तै यहाँको सिनियर सेकेन्डरी परीक्षाहरु पनि मे २७ बाट सुरु गरिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर