• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक

एजेन्सी । बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

अवे मैदानमा भएको खेलमा बार्यनले बोरुसियालाई १–० ले पराजित गरेको छ । बार्यनको जितमा ४३ औँ मिनेटमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले उपाधिको अर्को दाबेदार बोरुसिया डर्टमुण्डमाथि जित निकाल्दै उपाधिको नजिक पुगेको हो ।

दोस्रो हाफमा बोरुसियाले खेलमा फर्किने प्रयास स्वरुप जाडन सान्चोलाई मैदान छिराएको थियो । तर उनले खासै राम्रो प्रभाव पार्न सकेनन् ।

उपाधिको उचाल्ने सम्भावना अधिक बनाएको बार्यनको २८ खेलबाट ६४ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसियाको समान खेलबाट सात अंक कम अर्थात ५७ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर