भारतबाट आएका एक युवाको सुर्खेतमा मृत्यु

स्वाबकाे रिपोर्ट आउन बाँकी

सुर्खेत । भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती निधन भएको छ । सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं. ३ टुले हाल वडा नं. ५ अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन भएको हो । उनी हिजो मात्रै रुपडियाबाट आएका थिए । मृतकको आरडिटीसमेत परिक्षण गरिएको थिएन ।

प्रदेश अस्पताल निर्देशक डाक्टर डम्बर खड्काका अनुसार मृतकलाई राती प्रदेश अस्पताल ल्याइएको थियो ।  अस्पताल ल्याउदा उनी मृत अबस्थामा भेटिएको  डाक्टर खड्काले समाचार दैनिकलाई जानकारी दिए । 

उनी दुई वर्षदेखि बाथ रोगबाट ग्रसित थिए  ।  चिंगाड जाने बसमा आएका उनलाई असजिलो भएका कारण हिँजो साँझ अस्पतालमा पुर्‍याइएको थियो  ।’ उनलाई  कोरोना भए नभएको अहिले भन्न नसकिने डाक्टर खड्काले बताए । ‘हामीले राती नै उनको स्वाव झिकेका छौं ।’ उनले भने, ‘आज दिउसो सम्म पीसिआरको रिर्पोट आउला ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर