• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतमा मन्त्रीले नै उलंघन गरे लकडाउनको नियम 

श्योपुर । भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय मन्त्री नरेन्द्र सिंह टोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने नियम उलंघन गरेको आरोप लागेको हो । 

जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उनले मापदण्ड उलंघन गरेको बताइएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ । एएनआई

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर