विश्वभर कोरोना संक्रमणबाट ३ लाख ६४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५९ लाख नाघ्यो
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जना संक्रमित भएका छन् जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वा्धिक १७ लाख ४५ हजार ६ सय ६ छ ।
विश्वभर ३ लाख ६४ हजार ४ सय ५९ को संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वा्धिक १ लाख २ हजार ७ सय ९८ जना छ ।
विश्वभर २४ लाख ९० हजार २ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वा्धिक छ । शनिबार बिहानसम्म त्यहाँ ४ लाख ६ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस