• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जर्ज फ्लोयड : अमेरिकामा नस्लीय राजनीति गर्मियो

एजेन्सी । अमेरिकाको मिनेपोलिस शहर लगयात केही ठाउँमा सडकमा मानिसहरु आक्रोस पोखिरहेका छन् । 

एक भिडियो क्लिप सार्वजनिक भएपछि अमेरिकामा मानिस आक्रोसित बनेका छन् । उक्त भिडियो क्लिपमा एक श्वेत वर्णको प्रहरी अधिकारीले जर्ज फ्लोयड नामक एक निहत्था अश्वेत व्यक्तिलाई गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । यसको केही मिनेटमै ४६ वर्षीय जर्जको मृत्यु भयो । 

भिडियोमा देख्न सकिन्छ जर्ज र उनका वरपर उभिएका मानिस प्रहरी अधिकारीलाई उसलाई छोड्न अनुरोध गरिरहेका हुन्छन् । प्रहरी अधिकारीको घुडाले थिचिएका जर्ज पटक–पटक भनिरहेका हुन्छन्ः ‘प्लिज, आई कान्ट ब्रिथ’ (म श्वास लिन सकिरहेको छैन) । उनको यो अन्तिम बोली बन्यो । 

यस घटनाको जाँच भइरहेको बताइएको छ । यस घटनाको सत्य–तथ्यबारे पुरा जानकारी आइसकेको छैन । जर्जलाई घुँडाले थिच्ने प्रहरी अधिकारीलाई गिरफ्तार गरिएको छ र उनलाई हत्या आरोप लगाइएको छ । 

यस भिडियोलाई लिएर अमेरिकामा मानिस आक्रोशित बनेका छन् । मिनेसोटा सहर लगायन थुप्रै इलाकामा विरोध प्रदर्शन भइरहेको छ । 

नेशनल एसोसिएशन भफर एडवान्भेन्ट अफ कलर्ड पिपलले एक बयान जारी गर्दै भनेको छ, ‘यस्तो हरकत समाजमा अश्वेत मानिस विरुद्ध एक खतरनाक उदाहरण बन्छ जो नस्लीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित छ । हामी अझ मर्न सक्दैनौँं ।’

यस घटनापछि अब अमेरिकामा नस्लीय हिंसाको इतिहासमाथि बहस सुरु भएको छ । अश्वेत नागरिक विरुद्ध प्रहरीको बर्बरताको घटनालाई लिएर मानिसहरुको आक्रोस बढिरहेको छ । 

प्रहरीद्वारा गरिने हिंसामाथि नजर राख्ने वेबसाइट ‘म्यापिङपोलिसभ्वाइलेन्स डट ओआरजी’का अनुसार, सन् २०१३देखि २०१९को बीचमा प्रहरीको हातबाट भएका ९९ प्रतिशत हत्याहरुको घटनामा अधिकारीहरुमाथि कुनै आरोप लगाइएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्ज फ्लायडको परिवारलाई सात्वना दिए, तर उनको एक टिप्पणीले उनको कडा आलोचना भइरहेको छ । उनले लेखका छन्, ‘जब लुट सुरु हुन्छ, तब त्यसपछि सुट पनि सुरु हुन्छ । र ही कारणले मिनेपोलिसमा बुधबार राति एक व्यक्तिलाई गोली हानी मारियो ।’ पछि ट्रम्पले यसमा सफाई दिँदै यो बयान नभएर तथ्य भएको बताएका छन् । 

अमेरिकामा कुनै अश्वेत नागरिकले ज्यान गुमाउनु परेको यो पहिलो घटनामा होइन । यसअघि गत फेब्रुअरी २३ मा कथित रुपले हतियार बोकेको श्वेतले २५ वर्षीय अहमद आर्बेरीलाई पछ्याउँदै गोली हानेका थिए । 

त्यस्तै गत १३ मार्चमा ब्रेओना टेलरको उसको घरमा एक श्वेत प्रहरी छापा मार्ने क्रममा उनको हत्या गरेका थिए । मिनेपोलिसका मेयर जेकब फ्रैले एक ट्विट गर्दै अमेरिकामा अश्वेत समुदायको हुनुको अर्थ मृत्युको सजाय समान नहुनुपर्ने बताएका छन् । 

त्यसैगरी सामाजिक सञ्जालमा ह्यासट्याःब्ल्याकलाइभ्सम्याटर र ह््यासट्यागःजस्टिसफरजर्जफ्लोयड ट्रेन्ड्रि भइरहेको छ । सडकमा मानिसहरु जर्जको अन्तिम वाक्य ‘आई कान्ट ब्रिद’ गुनगुनाइुरहेका छन्, जो एउटा मन्त्र जस्तै बनेको छ । 

घटना नयाँ तर मुद्दा पुरानैः
पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो बयानमा एक अधबैसे उमेरका अफ्रिकी–अमेरिकी व्यावसायीको कुरा दोहोर्याएका छन् । उनले लेखेका छन्, ‘म तपाईलाई भन्न चाहान्छु कि मिनेसोटामा जर्ज फ्लोयडमाथि भएको घटना दुखद थियो । मैले भिडियो देखे र म रोएँ । यस भिडियोले मलाई एक प्रकारले विक्षिप्त बनाएको छ । २०२० को अमेरिकामा यो सामान्य घटना हुनु हुँदैन । यो कुनै पनि कोणबाट सामान्य हुँदै होइन ।’

यस घटनाले अमेरिकी समाज तथा कानुनी संस्थाहरुमा नस्लीय विभेदको गहिरो जरालाई लिएर एक पटक फेरी बहस सुरु भएको छ । यसपछि अब प्रहरीको शैली, संघीय सरकारको भूमिका र क्रिमिन जस्टिस सिस्टममाथि चर्चा भइरहेको छ । 

अमेरिकामा कोरोना भाइरसबाट एक लाखबढीको ज्यान गएको र ४ करोडभन्दा बढीको रोजागर गुमिरहेको अवस्थामा यो घटना आएको छ । अमेरिकामा कोरोना महामारीबाट सबैभन्दा प्रभावित हुनेमा अल्पसंख्यक अश्वेत सामुदायका नागरिक नै छन् । 

लामो समयदेखि अमेरिकामा प्रहरीको हातबाट हुने हत्या ठूलो मुद्दा बन्दै आएको छ । यस समुदायका मानिस विरुद्ध प्रहरी बर्बरताको मुद्दामा सन् १९६६ मा ओकल्याण्डमा ‘ब्ल्याक प्यान्थर पार्टी’ अस्तित्वमा आएको थियो । 

माइकल ब्राउनको हत्यापछि यो अभियानले अझ गति लियो र ‘ब्ल्याक लाइभ म्याटर्स’ अस्तित्वमा आयो । यस विरोध प्रदर्शनको उद्देश्य गोराको प्रभूत्वलाई समाप्त पार्ने र अश्वेत मानिसको समुदाय विरुद्ध हिंसाका मामिलामा हस्तक्षे गर्नका लागि स्थानीय स्तरमा एकजुट हुनु हो । 

सन् २०१४ मा फर्गुशनमा एक श्वेत प्रहरी अधिकारीले १८ वर्षीय निहत्थे माइकल ब्राउनलाई गोली हानी हत्या गरेका थिए । यसपछि पुरै अमेरिकामा ठूलो विरोध प्रदर्शन भयो । मारिनेमा जमार क्लार्क, जेरेमी म्याक्डोल, विलयम च्यापनमेन द्धितीय, भोल्टायर स्कटलागयत थुप्रै अश्वेत नागरिकको नाम छन् । 

वासिङ्टन पोस्टले सन् २०१५ जनवारीबाट प्रहरीबाट गोली हानी हुने हत्याको डाटाबेस बाउन सुरु गरयो । यस डाटाबेसमा अहिलसम्म करिब ४४ सय घातक मुद्दा दर्ता भएका छन् । 

यस डाटाबेसका अनुसार, प्रहरीले अश्वेत अमेरिकीहरुलाई निर्दयतापूर्वक हत्या गरिएका छन् । यसका अनुसार, अश्वेत नागरिक अमेरिकाको कुल जनसंख्याको १३ प्रतिशत मात्रै छन्, तर प्रहरीको गोलीबाट मारिनेको संख्या हेर्ने भने कुल मृत्युको एक चौथाई हिस्सा अश्वेत मानिसको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर