• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गुल्मीमा क्वारेन्टाईनमा बसेका पुरुषले गरे आत्महत्या

पाल्पा । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

शनिवार बिहान भारतबाट आएका परियारलाई गाउँपालिकाले निर्माण गरेको दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । भारतबाट आउनेहरुलाई गाउँपालिकाले उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनि हिडेका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डीएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । अबेरसम्म खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अबस्थामा उनी फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष खड्काले बताए । मानसिक सन्तुलन ठिक नभएको भन्ने आएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर