• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण लगायतका काममा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले कोरोनाको संक्रमणको दर बढ्न थालेको, भारतबाट नेपाल भित्रनेहरुको संख्या बढेको, भारतबाट नेपाल भित्र्याउन २० नाका पहिचान गरिएकाले सो प्रयोजनका लागि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शनिबार अपरान्ह सुरक्षा परिषदको बैठक समेत बसेको थियो । परिषदको सिफारिस अनुसार सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो । 

नेपाल भारत सीमा क्षेत्र कालापानी तथा लिम्पियाधुरा लगायतका स्थानमा विवाद बढिरहेका बेला सरकारले गरेको सेना परिचालनको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिलेको सेना परिचालनको विषय कोरोनाको नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेको बताईएको छ ।

यस राष्ट्रिय सुरक्षाका विषय तथा विपद्का बेला मात्रै नेपाली सेना परिचालन हुने गरेको थियो । कोरोनाको संक्रमणको यो अवस्थालाई समेत सरकारले राष्ट्रिय विपदको रुपमा परिभाषित गरि सेना परिचालन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर