आजको मौसम : चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
दिउँसोः देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस