एमसिसी सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा –अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट गगरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सांसदले उठाएका विषयमाथि स्पष्ट गर्दै उनले भने,  'प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ६ गते स्पष्ट पारिसक्नुभएको छ, यस बिषयमा सोहि अनुसार नै हुन्छ । 

 मन्त्री डा खतिवडाले स्वदेशी आवश्यकता, राष्ट्रिय प्राथमिकता र हितलाई ध्यानमा राखेर वैदेशिक सहायता नीतिअनुसार वैदेशिक सहयोग लिई कार्यान्वयन गरिने पनि स्पष्ट पारे । 

उनले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेकाले अब क्रमशः आर्थिक क्रियाकलाप शुरु गर्दै जनजीवनलाई क्रमशः गतिशील बनाइने र कोरोना रोकथाम र नियन्त्रणमा विनियोजित बजेट अपुग भएमा पछि  रकमान्तर गर्न सकिने उल्लेख गरे । रोग र भोकबाट बची छिमेकी मुलुकको अनुभवसमेतका आधारमा क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन गर्दै औसत आर्थिक वृद्धिदर हासिल गर्न सकिने उउनको भनाई छ ।  

बैठकमा मन्त्री खतिवडाले “विनियोजन विधेयक, २०७७” , “राष्ट्र ऋण उठाउने विधेयक, २०७७ “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” पेश गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर