प्रदेशसभा सदस्य पन्थीको प्रश्न : नीति तथा कार्यक्रममा शहिद परिवारप्रति किन सम्बोधन नगरेको ? 

काठमाडौं । प्रदेश पाँचका प्रदेशसभा सदस्य दिनेश पन्थीले कोरोना महामारीबाट संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा लोकतन्त्र ल्याउन आफ्नो अमूल्य जीवन समर्पण गर्ने शहिद परिवारप्रति कुनै सम्बोधन नभएकोमा गुनसो पोखेका छन् । 

प्रदेश पाँच सरकारको तर्फबाट आएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने,‘शहिदका छोराछोरीहरु र परिवारजनप्रचि सरकारले शब्दमा मात्र श्रद्धाञ्जली भनेर पुग्दैन । शिक्षा, स्वास्ूथ्य रोजगार तथा महत्वपूर्ण विषयमा सरकारको नीति तथा कार्यक्रम किन मौन बसिरहेको छ ?’

दूर्गम गाउँमा  ल्यावको व्यवस्थ आउनपर्ने भन्दै नीति तथा कार्यक्रममा कतैपनि नभएको उनले बताए । ‘प्रदेश भित्रका विपन्न नागरिकलाई मुटु क्यान्सर मिर्गौला दम लगायतका रोगहरुलाई निशुल्क औषधि दिने कार्यक्रम ल्याउन पर्थ्यो । किन ल्याउन सकेन ?’ उनले प्रश्न गरे,‘प्रदेश सरकारको स्वामित्वमा बस सेवा संचालन गर्न आवश्यक छ ।’

उनले नीनज क्षेत्रको मोनोपोलि घट्ने र जनतासँग मनलाग्दी गर्ने विषय घट्ने बताए । साथै,उनले सुकुम्बासीका लागि आवश्यक आवास निर्माण गर्नपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर